बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कोटेश्वर–कलङ्की सडक निर्माण

  • प्रकाशित मिति : मङ्लबार, पुस १९, २०७३



  • ललितपुर। केही समयदेखि सुस्त रहेको कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

    काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण कार्य एक वर्षभित्रमै सकिने गरी काम अगाडी बढाएको छ । बाँकी पाँच दशमलव ३९ किलोमिटर सडक अबको दुई वर्ष भित्रमा सम्पन्न हुने लक्ष्य योजना लिएको छ ।

    सडक निर्माणको काम निरन्तर भइरहेको छ, योजनामा कार्यरत इन्जिनियर रमेश दृष्टिले भने, “सडकमा रहेका बिजुलीका पोल, ढल हटाउने लगायतका काम सकिएकाले अब अवरोध कम देखिएका छन् ।” कलङ्की चोकबाट खसीबजारसम्म निर्माण हुन लागेको ‘अन्डर पास’ निर्माणको कामसमेत यही वर्ष सकिने छ ।

    यो वर्ष कोटेश्वरबाट एकान्तकुनासम्म सडक पक्की हुनेछ । अर्काे वर्षमा एकान्तकुनाबाट कलङ्कीसम्मको सडकको निर्माण सकिनेछ । कोटेश्वर–एकान्तकुना सडकमा माटो परिवर्तनको काम भइरहेको उनले बताए ।

    बालकुमारी लगायतका स्थानमा गत वर्ष माटोको जाँच गर्दा त्यहाँ रहेको माटोमा भारवाहन क्षमता कम पाइएको थियो, उनले भने, “चिनिँया कम्पनीले जगदेखि नै बलियो बनाउनका लागि गुणस्तरीय माटो हालिरहेका छन् ।”

    निर्माणाधीन सडक चौडा बनाउने काम गत वर्ष नै सकिएको हो । त्यसपछि सडक छेउमा पर्खाल लगाउने, पुलको निर्माणलगायत पूर्वाधार विकासको काम भइरहेको छ, इन्जिनियर दृष्टिले भने– कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारी गरेर चार स्थानमा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । “पुलमा फुटपाथ निर्माण गर्न र रेलिङ राख्न मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।”

    सडक निर्माणका क्रममा खानेपानी, विद्युत् पोल, ढल, टेलिफोनका पोल लगायत सार्नुपर्ने उनले भने । यी निकायले समयमा काम गर्दा मात्रै सडकको काम अघि बढ्न सक्छ । योजनाले प्रत्येक साता सरोकार भएका निकायसँग समन्वयका लागि बैठक गर्दै आएको छ । अधिकांश ठाउँमा बिजुलीका पोल हटिसकेका छन् । बाँकी भएका ठाउँमा समेत विद्युत् प्राधिकरणसँग कुरा भइरहेको छ । “एक वर्षयता दूरसञ्चार सँगको सहकार्यमा काम भइरहेकाले पनि समस्या छैन ।” ढलको काम धेरै निकायबाट हुने भएकाले कुनसँग समन्वय गरेर काम गर्ने समस्या रहेको इन्जिनियर दृष्टिले बताए ।

    आठ लेनमध्ये चार लेन मुख्य सडक र चार लेन (मुख्य लेनको दुवैतिर दुई÷दुई लेन) सहायक लेन हुनेछ । सहायक लेनमा प्रवेश गर्नका लागि ‘सर्भिस ट्र्याक’ बनाउने प्रयास भइरहेको बताउँदै उनले सर्भिस ट्र्याक बनेमा सडक छिमेकी (सडकसँगैका घरधनी)ले पहिले सर्भिस ट्र्याकमा निस्कनुपर्छ । चोकमा पुगेपछि मात्रै उनीहरुले सहायक वा मुख्य सडकमा प्रवेश गर्न पाउँछन् ।

    चिनिँया सहयोगमा निर्माणाधीन यो सडक प्रयोगमा आउँदा काठमाडौँमा देखिएको सडक जाम समस्यामा कमि आउने विश्वास योजनाको छ । नेपालमा पहिलोपटक आठ लेन र अन्डर पास निर्माण हुन लागेको हो । सन् २०१८ सम्म सम्पन्न हुने सडकको कुल लागत तीन सय १२ मिलियन युयान रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij