बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

रंगशाला निर्माणका लागि महोत्सव

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • जिल्लाको मध्यविन्दु नगरपालिकामा रंगशाला निर्माणका लागि महोत्सव आयोजना गरिएको छ । चोरमारा युवा क्लबको आयोजनामा यही माघ २१ गतेदेखि फागुन १ गतेसम्म महोत्सव आयोजना गरिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

    पूर्व-पश्चिम राजमार्गको मध्यभागमा अवस्थित मध्यविन्दु नगरपालिकमा खेलकुद गतिविधि सञ्चालनका लागि व्यवस्थित मैदानको अभाव भएको भन्दै स्थानीय रंगशाला निमार्णका लागि जुटेका छन् । रंगशाला निर्माणका लागि १ करोडभन्दा बढी रकम लाग्ने  र त्यसका लागि नगरपालिकाले ३५ लाख र विदेशमा रहेका युवाहरुले २५ लाख रुपैयाँ सहयोग गरेका छन् । थप रकम संकलन र स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष श्याम पौडेलले जानकारी दिए ।

    महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरीएको छ । साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति, जनजातिहरुको झाँकी तथा स्थानीय खानाको परिकारको प्रदर्शनी समेत गरिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij