बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सेवा केन्द्रको विरोधमा चार दिनदेखि कामकाज ठप्प

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • नापी र मालपोत कार्यालयको सेवा कार्यालय विस्तारको विषयलाई लिएर चार दिनदेखि लेखापढी कानुन व्यवसायी संघ आन्दोलनमा उत्रेको छ ।

    संघ कामकाज ठप्प पारी आन्दोलनमा उत्रेपछि सेवाग्राही समस्यामा परेका छन् । सदरमुकाम काम गराउन आएका सेवाग्राही कामै नगराई फर्किन बाध्य छन् । लेखापढी र कानुन व्यवसायीको सहयोगमा सञ्चालन हुँदै आएको कार्यालयले चार दिनदेखि दिन सकेको छैन ।

    घरको मठ श्रेस्ता कायम गराउन गम्हरियाविर्ता–५ का रामेश्वर साह बुधबार जिल्ला मालपोत कार्यालय आइपुगेका थिए । लेखापढी व्यवसायीले काम नगरेपछि उनले आफैंले निवेदन लेखेका थिए । सेवा विस्तार कार्य स्थगित गर्न लेखापढी तथा कानुन व्यवसायीले गरेको आन्दोलन गलत भएको उनले बताए । ‘हामीलाई गाउँनजिकै सेवा पाउनु पर्‍यो,’ उनले भने, ‘सेवा केन्द्र विस्तार गर्दा छिट्टै सेवा सुविधा पाउँछौं ।’

    उनको गाउँनजिकै रहेको गरुडामा सेवा विस्तार गर्ने निर्णय भएको छ । गाउँबाट गरुडा पुग्न गाडीमा १० रुपैयाँ भाडा लाग्छ । तर, सदरमुकाम गौर आवतजावत गर्न १ सय रुपैयाँ खर्च गरिनु पर्छ । समय पनि बढी लाग्छ । त्यसैले सेवा केन्द्र विस्तार गरिनु अति आवश्यक रहेको उनले बताए ।

    पतौरा गाविसको मौलापुर बजार र गरुडा नगरपालिकामा दुबै कार्यालयको सेवा केन्द्र विस्तार गरिने सरकारी निर्णय भएको थियो । निर्णको विरोध गर्दै लेखापढी कानुन व्यवसाय संघले चरणवद्ध आन्दोलन सुरु गरेको हो । लेखापढी तथा कानुन व्यवसायीले कलम बन्द गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको सम्पूर्ण कामकाज पूर्णरुपले प्रभावित भएको छ ।

    कार्यालयबाट सञ्चालन हुने सबै काम सञ्चालनमा रहेको जिल्ला मालपोत कार्यालय प्रमुख सिकिन्द्रप्रसाद साहले दाबी गरे । सेवा केन्द्र विस्तारको निर्णय स्थगित गर्न उनीहरुले माग गरेको उनले बताए । ‘अहिले सेवाग्राहीले लेखेर ल्याएको काम मात्र गरिरहेका छौं,’ उनले भने, ‘सामान्य फुकुवा, रोक्का बाहेकको काम गर्न सकिएको छैन ।’ लेखनदासले लेख्न सक्ने लेखत सेवाग्रहीले लेख्न नसक्ने भएकोले सबभन्दा बढी राजस्व संकलनको काम प्रभावित भएको उनले बताए ।

    वार्षिक १० करोड राजस्व संकलन गरिने यस कार्यालयको राजस्व असुली चार दिनदेखि शून्यमा झरेको उनले बताए ।
    अहिले कार्यालयमा कर्मचारीबाहेक सेवाग्राही तथा लेखापढी कानुन व्यवसायीको उपस्थिति पातलिएको छ । सेवा केन्द्र विस्तारको निर्णयलाई अविलम्ब रोक्न संघले अडान लिएपछि कार्यालयको कामकाज अस्तव्यस्त बनेको छ ।

    सेवा केन्द्र विस्तारको निर्णय स्थगित नहुन्जेलसम्म अनिश्चितकालको लागि कलम बन्द गरी आफूहरु आन्दोलनमा उत्रेको लेखापढी व्यवसायी संघ गौरका उमेश यादवले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij