बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • काठमाडाैँ ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ ।

    आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए ।

    उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने निश्चित जस्तै भएको छ । बैठकले मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णयसमेत गरेको उनले बताए ।

    अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन गरिने छ ।

    विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दीको विषयमा विवाद हुँदै आएको थियो । प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता विद्यार्थी सङ्गठनबीच विवाद सिर्जना भएर हुनसकेको छैन ।

    विद्यार्थी सङ्गठनद्वारा स्वागत
    अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले उमेर हदबन्दी तोकेसँगै अब स्ववियु निर्वाचन हुने सुनिश्चित भएको बताए । उनले आफ्नो सङ्गठनले नै उमेरको हदबन्दी माग गरेको जानकारी दिए ।

    नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो सङ्गठनले एक पटक निर्वाचनका लागि उमेरको हदबन्दी नलगाउने पक्षमा रहेपनि निर्वाचनको सुनिश्चितता भए उमेरको हदबन्दीलाई मानेर जाने बताए ।

    अनेरास्ववियुका महासचिव ऐन महरले उमेरको हदबन्दी लगाएसँगै निर्वाचनको सुनिश्चितता भएको प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij