प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३
सिरहा । शीतलहरसँगै बढेको जाडोले सिरहामा एक बृद्धको मृत्यु भएको छ । जाडोबाट कठयांग्रिएर बुधबार साँझ सिरहाको बरीयारपट्टि ५ मा एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ४ जयपुर बस्ने अन्दाजी ६५ बर्षीय रामनाथ यादब रहेको प्रहरीले बताएको छ । सन्हैठ २ पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा जाडोले कठयांग्रिएर बरीयारपट्टि चोकमा यादबको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरिक्षक दिल बहादुर दनुबारले बताए ।
सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाकएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानैदेखि वाक्लो हुस्सुसंगै चिसो हावा चलेका कारण जनजिबन कष्टकर बनेको हो । सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । जाडोले खासगरी बालबालिका र वृद्धवृद्धा बढि समस्यामा परेका छन् ।
विगतका वर्षमा सम्बन्धित निकायले जिल्लाका बिभन्न स्थानहरुमा दाउरा उपलव्ध गराएर आगो ताप्ने व्यवस्था गरेपनि यसवर्ष केहि नभएको सर्वसाधारणले गुनासो गरेका छन् ।
अत्याधिक चिसोले स्वास्थ्य संस्थाहरुमा निमोनिया, श्वासप्रश्वास, टाइफाइड, रुघाखोकी र कोल्ड डाइरेरियाका बिरामीको चाप बढ्न थालेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij