प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३
गोविन्द खड्का । दाङ , २१ पुस नेपाली सेनाको रिपुपर्दण गणको एक टोलिले बुधवार दिनभर कर्मचारी मिलन दक्षिणको मैदान सफा गर्यो
। शैन्य पोषाकमा रहेका उनिहरु चौरमा कोहि जलाउदैथिए, कोहि सोहर्थे, कतिले बोकेर लैजादै गरेका देखिन्थे ।
यहि माघ तिन गतेदेखि शुरु हुने महायज्ञका लागि तयारी थालिएको छ । मेला, महोत्सव, उत्सव तथा सरकारी अभियानको शोभा बढाउने सेनाले सरसफाईको पनि ठेकेदारकै भुमिका पुरा गर्नुपर्छ । त्यसैले व्यवारीसे सार्वजनिक स्थल सफाईको जिम्मा लिएको हो । अरुले फालेको फोहर उठायो ।
सातौ शैक्षिक महोतसव तथा पुस्तक प्रदर्शनिमा जिल्लाका गिनेचुनेका शिक्षीतहरुको जमघट थियो । महोत्सवको नेतृत्व जिल्लाका प्रतिष्ठत पुस्तक व्यवसायीले गरेका थिए । घोराहीमा रहेका सबै जसो विद्यालय क्याम्पसले पालै पालो विद्यार्थीलाई मेलामा सहभागि गराएका थिए । प्रदर्शनिमा देशभरका अगुवा प्रकाशक तथा शिक्षा क्षेत्रका व्यवसायी थिए । उनिहरुले निकालेको फोहर दुई साता बढि चौरमै थन्कियो । नेश्नल टेडिङको जमिन घोराही नगरपालिकाको नजिकै पर्छ ।
निकै तामझामका साथ मंसिर तिस देखि पुस ६ सम्म सातौ पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव चल्यो । त्यसले ज्ञान गुण त कति बढायो फोहर भने निकै थुपायो । शिक्षा क्षेत्रको यस्तो हविगतले समाजको संस्कारको चित्र कोरेको छ । बौद्धिक व्यक्तित्व समेत सरसफाईमा सजग छैनन् भन्ने पुष्टि गरेको छ । परम्परा देखि चल्दै आएको सेना प्रहरीले सोहोरेको क्षणिक सुन्दरतामा रमाउने गरीन्छ । ठुला बडाकै बानि सुध्रिएको छैन र त सर्बसाधारणको वानि बदल्न कठिन भएको छ ।
यसरी खुरु खुरु फोहर उठान थालेको धेरै भै सक्यो । हाम्रै छोरा भाई भतिजालाई दुःख हुन्छ भन्ने चेतना आएन । अझ सेनाले काम गरीरहदा हात बा“धेर बस्ने धेरै छौ । टुलुटुलु हेरेर बस्ने धेरै छन् । एक हुल सेनाअयर तयार पार्न लाग्दा आफै परिचालन गरेको ठालुपना हामिमा छ । लाज पचाएको नकचरो ठालुपनाले फोहर खसाली रहन्छ । सचेतता बढेपनि जथाभावि फोहर फाल्ने र सिर्जीएको फोहर व्यवस्थापन गर्ने मति कहिल्यै आएन । झाडि झाङ हटाउन सेना आउनै पर्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij