बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

आज उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

  • प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३



  • संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी एमाले सहितका ९ दलले आयोजना गर्ने जनप्रदर्शन र विरोधसभाका कारण आज राजधानीको ट्राफिक व्यवस्थान अस्त व्यस्त हुने भएको छ। राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा ९ दलले आम सभा गर्न लागेका हुन् । भृकुटीमण्डपका लागि छुट्ने ललितपुर तथा भक्तपुरका सवारी साधनहरु भृकुटीमण्डप आइपुग्ने छैनन् । निजी सवारी साधनलाई पनि त्यो बाटो रोकिने छ ।

    सभाअघि र्‍यालीको रुट क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ट्राफिकमा असर पर्ने देखिन्छ । ट्राफिक प्रहरीले पद्भोमदय मोड र राष्ट्रिय सभागृहको मोड प्रयोग नगर्न सूचित गरिसकेको छ ।

    दिउँसो १ बजे हुने सभाका लागि कहाँ कहाँ सडक अवरूद्ध हुन्छ ?

    भृकुटीमण्डप, भद्रकाली, नागस्तान, त्रिपुरेश्वर, थापाथली, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामंगल, पुरानो बानेश्वर, डिल्लीबजार, पुतलीसडक हुदैं रत्नपार्क भएर चलने सवारी साधनहरु प्रभावित हुनेछन् । यसैबीच ट्राफिक प्रहरीले आज यी रूटमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

    यसअघि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार नै पत्रकार सम्मेलनमा ट्राफिक व्यवस्थापनमा हुने समस्याका लागि माफी मागेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij