बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

७ विवादास्पद बयान जसले सर्वत्र हंगामा निम्त्यायो

  • प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३



  • आक्रोश, अद्र्धसत्य र आरोहण जस्ता सार्थक फिल्ममा दमदार अभिनयबाट आफ्नो पहिचान बनाउने ओम पुरीको ६६ वर्षको उमेरमा निधन भयो । ओम पुरी आफ्नो जीवनको अन्तिम समयमा थुप्रै विवादसँग पनि जोडिए । यी विवादका कारण उनी थुप्रै पटक असहज पनि भए । आज हामी तपाईंलाई उनका ती ६ बयानबारे जानकारी दिँदै छौं जुन निकै विवादास्पद रह्यो ।

    – एक टेलिभिजन बहसमा ओम पुरीले सीमाक्षेत्रमा भारतीय जवान मारिएको घटनामाथि बोलेका थिए, ‘उनीहरुलाई आर्मीमा भर्ना हुनका लागि कसले भनेको थियो ? उनीहरुलाई कसले भनेको थियो – हतियार उठाउ ?’

    यो बयानपछि ओमपुरीका विरुद्ध मुद्दासमेत दर्ता भयो । पछि उनले यो विषयमा माफी माग्दै भने, ‘मैले जे भने त्यसको लागि म निकै लज्जित छु । यसका लागि मैले सजायँ पाउनुपर्ने हो । मलाई माफी दिनु हुँदैन । म उरी हमलामा मारिएका भारतीय सैनिक परिवारसँग माफी माग्न चाहन्छु ।’

    – रामलीला मैदानमा अन्ना हजारेको मञ्चबाट ओम पुरीले नेताहरुमाथि कटाक्ष गर्दै बोलेका थिए । उनले हज्जारौं मानिसको भीड अगाडि बोलेका थिए, ‘जब आइएस र आइपीएस अफिसर अनपढ नेताहरुलाई सलाम गर्छन् तब मलाई लाज लाग्छ । उनीहरु अनपढ हुन् । उनीहरुको के ब्याकग्राउण्ड छ ? आधाभन्दा बढि सांसद गंवार छन् ।’

    यो बयानपछि जब विवाद बढ्यो तब ओम पुरीले माफी मागे । उनले भने, ‘म संसद र संविधानको इज्जत गर्छु । मलाई भारतीय हुनुको गौरव छ ।’

    – आमिर खानले कथित रुपमा भारतमा बढिरहेको असहिष्णुतामा भनेका थिए ‘मेरी श्रीमतीले एक दिन देश छोड्ने मनसाय व्यक्त गरेकी थिइन् ।’ यसमा ओम पुरीले भनेका थिए, ‘आमिर खान र उनकी श्रीमतीले यस्तो सोच्ने कुरामा म अचम्मित छु । असहिष्णुतामाथि आमिर खानको बयान सहि नसक्नु छ । आमिरले गैरजिम्मेवारी बयान दिएका छन् । तपाईं आफ्नो समुदायका मानिसहरुलाई उक्साइरहनुभएको छ । कि त तयार हौ, लड वा देश छोडेर जाउ ।’

    – भारतमा गौहत्यामाथि प्रतिबन्ध लागउने विषयमा उठेको विवादका बिच ओमपुरीले भनेका थिए, ‘जुन देशमा गाइको मासु निर्यात गरेर डलर कमाइरहेको छ त्यहाँ गौहत्या प्रतिबन्ध गर्ने कुरा एक पाखण्डी सोच हो ।’

    – ओम पुरीले आतंकवादी नभई नक्सली फाइटर भन्नुपर्ने बताएका थिए । उनले मिडियासँग कुराकानी गर्दै भनेका थिए, ‘उनीहरु आतंकवादी होइनन् किनभने उनीहरु गैरजिम्मेवारी काम गर्दैनन् । नक्सली आफ्नो हकका लागि लडिरहेका छन् । उनीहरुले साधारण मानिसहरुलाई दुख दिँदैनन् ।’

    – ओमपुरीको मोदीमाथिको बयान पनि निकै चर्चित रह्यो । उनले भनेका थिए, ‘अहिले हेर्नुहोस् हामीसँग कुनै विकल्प छैन, मोदीजीको गोदीमा बस्नु बाहेक । बाँकीको गोदी हामीले हेरिसकेका छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij