आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फोरम नेपालका सर्लाही अध्यक्षमाथि दुव्र्यहार गरेको आरोप

  • प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३



  • काठमाडौ । संघिय समाजवादी फोरम नेपालका सर्लाही अध्यक्ष अशोक यादवले मोहीयानिमाथि दुव्र्यबहार गरेको खुलासा भएको छ ।

    बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित बबिता महतोले जग्गाधनी अशोक यादवले आफूमाथि दुव्र्यवबहार गरेर अन्याय गरेको आरोप लगाइन् ।

    विक्रमसम्बत २०३८ सालदेखि मोहीमा खनजोत गर्दै आएको ५७ बिघा जमिनमा रोपेको धानवाली उठाउन खोज्दा जग्गाधनि र मोहीयानीबिच विवाद चुलिएको भन्दै पीडित महतोले आफुमाथि प्रशासनले समेत साथ नदिएको दुःखेसो पोखिन् ।


    उनले भनिन्,‘अदालतले २०७३ साल ९ महिना १ गतेसम्म मोहीयानीलाई धान काट्ने दिने र त्यसको सुरक्षा प्रहरी प्रशासनले गर्ने भनेर आदेश दिएको थियो तर राजनीतिक आडमा जग्गा धनि अशोक यादवले अदालतको निर्णयलाई लात हानेर अगावै धान काट्ने काम गर्यो, हामीलाई हातपात गर्ने काम गर्यो, तर सर्लाहीका एसपी उत्तम सुवेदिले कुनै कार्वाही गर्न सकेनन् ।’

    े दुधे(अपाङ्गता)बालक काखमा बोकेर आएकी पीडित महतोले जग्गाधनि अशोक यादवले राजनितिक आडमा आफुमाथि अन्याय गरेको बिषयमा यसको बारेमा सञ्चारकर्मीले कलम चलाई दिन आग्रह गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij