बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

विमानस्थल सुनिश्चित, हवाई रुट अनिश्चित

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • काठमाडौं । बुद्ध एयरले चार वर्ष अगाडि पोखराबाट भारतको दिल्ली र लखनउसम्म सीधा उडान तयारी थालेको थियो । पोखराबाट दिल्ली जान एक घन्टा ४५ मिनेट लाग्ने भए पनि फर्कंदा भैरहवाबाट सीधै प्रवेश गर्न नपाउँदा ३३ मिनेट समय बढी लाग्ने भयो ।

    नेपाल प्रवेश गर्ने एउटै मात्र बिन्दु सिमरा हुँदै आउनुपर्ने हुँदा उडान दूरी र खर्च दुवैले समस्या भयो । पोखरा आउन भारतको अप्पी हुँदै भैरहवा आउने हवाई रुट नपाएपछि खर्च धान्न नसक्ने निष्कर्ष निकाल्दै बुद्धले पोखराबाट भारतको दिल्ली उडानको समय तालिका नै तय गरेर पनि उडान कार्यक्रम रद्द गर्‍यो । भारत र अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा पोखरा जानआउन अहिले पनि सिमराबाट काठमाडौं हुँदै पोखराको हवाई रुट प्रयोग गर्नुपर्ने वाध्यता छ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    भैरहवामा विमानस्थल निर्माणको २६ प्रतिशत काम सकिएको छ भने पोखारामा पनि धमाधम निर्माण प्रक्रिया अगाडि बढको छ । तर, यी दुवै विमानस्थलका लागि अत्यावश्यक जनकपुर, भैरहवा र नेपालगन्जको हवाई रुटका विषयमा भने अहिलेसम्म कुनै टुंगो लागेको छैन ।

    यी दुवै विमानस्थलको रूट तय नै नभइ निर्माण भइरहेको छ । यसले गर्दा विमानस्थल निर्माणपछि सञ्चालन गर्न समस्या हुनसक्ने एक निजी वायुसेवा कम्पनीका उच्च अधिकारीले जानकारी दिए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि मण्डलले गत साता हवाई रुटका विषयमा भारतसँग दुई दिन छलफल गरेको थियो । यो बैठकपछि भारतले नेपाललाई महेन्द्रनगर र जनकपुरको हवाई रुट दिने सहमति जनाएको छ । नेपालले मागेको भैरहवा र नेपालगन्ज रुटका विषयमा भने छलफल नै हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ ।

    ‘भैरहवाबाट प्रवेश बिन्दु माग्दा गौतमबुद्ध विमानस्थल नजिक सीमापारी गोरखपुर आर्मी ब्यारेक र नेपालगन्ज नजिक बरौनी आर्मी क्याम्प रहेको भन्दै भारतले नेपालका हवाई रुटको अनुमति दिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘भारतीय सेनाको क्याम्प छ । भातरतले आफ्नै लागि त ५÷७ नटिकल माइल टाढाबाट उडान गर्छ । नेपाललको लागि हवाई रुट दिने विषयमा सोच्नै नसक्ने जवाफ आयो ।’

    पर्यटन मन्त्रालयका अनुसार जबसम्म भैरहवा र नेपालगन्ज प्रवेश गर्ने हवाई रुट पाइँदैन तबसम्म भैरहवा, पोखरा र निजगढ विमानस्थल सञ्चालन सहज हुँदैन । विमानस्थल बनाएर मात्रै हुँदैन सहज सञ्चालन गर्ने हवाई रुट पनि हुनुपर्ने प्राधिकरणकै अधिकारीको बुझाइ छ । हाल नेपालका लागि सिमराको बाटो भएर मात्रै दुईतर्फी हवाई रुट प्रयोग भइरहेको छ । प्राधिकरणका अनुसार निर्माणाधीन अन्तर्राष्ट्रिय विमास्थल निश्चित भइसकेका छन् तर हवाई रुट भने अनिश्चित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij