बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

फ्ल्याटमा ओम पुरीको शव नग्न भेटियो, पोष्टमर्टम रिपोर्टले यस्तो बतायो

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • ओम पुरीको शुक्रबार बिहान निकै संदिग्ध स्थितीमा शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सुत्रका अनुसार ओमपुरीको नग्न शरिर उनको फ्ल्याटको किचन नजिकै भेटिएको थियो । यसका साथै पोष्टमर्टम रिपोर्टमा पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च गहिरो खाल्डो भेटेको छ । यसका साथै उनको बिहिबार राती श्रीमती नन्दितासँग चर्को बहस भएको पनि भारतीय संचार माध्यमको दाबी छ । नन्दिता छोरा इशानसँग अलग्गै बस्छिन् ।

    – बिहिबार बेलुकी ओम पुरी फिल्म निर्माता खालिद किदवईसँगै थिए । किदवईले यसबारे स्रोतलाई जानकारी दिएका छन् ।

    – ‘उनी नन्दिताको घर गए । त्यहाँ उनी छोरा ईशानसँग भेट्न गएका थिए । नन्दितासँग उनको चर्को बहस भएको थियो । तल झरेर उनले ईशानलाई फोन गरे तर उनी कुनै पार्टीमा भएको जानकारी दिए । त्यसपछि उनी गाडीमा नै छोरालाई प्रतिक्षा गर्न थाले । यसैबिच उनले ड्रिंक पनि गरे,’ उनले भने ।

    – किदवईका अनुसार त्यसपछि उनी किदवईलाई लिएर मनोज पाहवा (नायक) को घर पनि पुगे । त्यहाँ पनि उनको कसैसँग पैसाको विषयमा बहस भयो । उनी बाहिर भएकाले उनलाई यसबारे राम्रो जानकारी नभएको पनि उनले बताए । बाहिर आएपछि पुरी निकै भावुक देखिएको उनले बताए ।

    – उनी भन्छन्, ‘त्यसपछि मैले उनलाई घरमा छोडिदिएँ । बाटोमा मैले उनको पर्स मेरो कारमा खसेको थाहा पाएँ । पर्स दिनका लागि बिहान मैले उनको ड्राइभर (मिश्रा) लाई फोन गर्दा उनले ढोका नखोलिएको जानकारी दिए ।’

    श्रीमतीले खालिद र ड्राइभरमाथि लगाइन् आरोपः

    – सूत्रका अनुसार नन्दिताले पुरीको मृत्युका लागि खालिद र ड्राइभर मिश्रामाथि आरोप लगाइन् । पुलिसले खालिदसँग शुक्रबार राती ओशिवारा थानामा करिब दुई घण्टा सोधपुछ गरियो साथै ड्राइभरसँग पनि जानकारी लिइने पुलिसले बताएको छ ।

    पोष्टमर्टम रिपोर्टमा के ?

    – खबरका अनुसार पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च लामो खाल्डो भेटिएको छ । टाउकोमा थुप्रै ठाउँमा रगत पनि जमेको छ । किचन नजिकै उनको मृत शरिर भेटिएको थियो जहाँ निकै फोहोर थियो ।

    पुलिसले के भने ?

    – ओशिवारा थानाका सिनियर इन्स्पेक्टर सुभाष खानविलकर भन्छन्, ‘हामी सबै तरिकाले अनुसन्धान गरिरहेका छौं । पुरी जुन बिल्डिङमा बस्दथे त्यहाँको भिजिटर रिजिस्टर र सीसीटीभी जफत गरिएको छ । अन्तिम २४ घण्टामा उनले जसलाई भेटेका थिए, उनीहरु सबैसँग सोधपुछ हुनेछ । ’

    – पुलिसले चाँडै नै उनकी श्रीमती नन्दिता, छोरा इशान र नायक मनोज पाहवासँग सोधपुछ गर्ने बताएको छ ।

    बिहिबार सुटिङ गरेर फर्किएका थिएः

    – उनका छिमेकीका अनुसार ओम बिहिबार बेलुकी एक फिल्मको सुटिङ सिद्धाएर घर फर्किएका थिए ।

    – शुक्रबार बिहान उनका ड्राइभरले घरको ढोका खोल्न खोजे । ढोका नखोलिएपछि ड्राइभरले नै स्थानीय ओशिवारा पुलिस स्टेशनमा सम्पर्क गरे ।

    – उनको पार्थिव शरिरलाई पोस्टमर्टमका लागि कूपर अस्पताल लगिएको थियो । अस्पतालमा शबाना आजमी, सुशान्त सिंह र अशोक पंडित उपस्थित थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij