प्रकाशित मिति : शनिबार, पुस २३, २०७३
ओम पुरीकी कान्छी श्रीमती नन्दिता पुरीले लेखेको उनको जीवनी ‘अनलाइकली हिरोः द स्टोरी अफ ओम पुरी’ जब सन् २००९ मा प्रकाशित भयो तब त्यसले ओम पुरीको नीजि जीवनमा भुइँचालो ल्याइदिएको थियो ।
यो किताबमा उनको थुप्रै महिलासँगको सम्बन्धबारे कुनै तोडमोडबिना वास्तविक नामसहित छापिएपछि उनी श्रीमतीसँग निकै रिसाएको बताइएको छ । किताबका अनुसार ओमले १४ वर्षको उमेरमा आफ्नै घरमा काम गर्ने सहयोगीसँग यौन सम्बन्ध स्थापित गरेका थिए ।
१४ वर्षको उमेरमा ५५ वर्षीया सहयोगीसँग सम्भोगः
उनकी कान्छी श्रीमतीले लेखेको उक्त किताब अनुसार ओम पुरीले आफ्नो मामाको घरमा काम गर्ने ५५ वर्षीया सहयोगीसँग ओम पुरीको प्रेम सम्बन्ध थियो । ती सहयोगीले पनि उनलाई निकै माया गर्थिन् । एकदिन घरमा बिजुली बत्तीमा समस्या आएको बेला ती सहयोगीले मौका हेरेर उनलाई समातेकी थिइन् । त्यतिबेला नै उनीहरुबिच यौन सम्बन्ध स्थापित भयो ।
यसका साथै, उनको बिरामी बुवालाई रेखदेख गर्न राखिएकी एक महिलासँग पनि उनको गहिरो र यौन सम्बन्ध भएको उक्त किताबमा उल्लेख छ । ओमपुरीका अनुसार नन्दिताले जुन कुरा सार्वजनिक गरिन् त्यसले उनको छवीलाई गिराइदिएको छ ।
मामाको घरमा काम गर्ने महिलासँगको सम्बन्धबारे खुलासा गरेका कारण ओम सबैभन्दा बढि उनीसँग रिसाएको बताइएको छ ।
एक अन्तर्वार्तामा ओमपुरीले भनेका थिए, ‘मेरी श्रीमतीले जीवनको त्यो पवित्र हिस्सालाई यस्तो तरिकाले गिराइदिएकी छिन् जुन सुन्दा निकै घटिया लाग्छन् ।’
उनको भनाई अनुसार हरेक श्रीमान्–श्रीमतीबिच त्यस्ता गोप्य संवाद हुन्छन् तर त्यसलाई सार्वजनिक गरिनु हुँदैन ।
उनी भन्छन्, ‘किताबको यो भागले समाजको नजरमा उनको आदर कम भयो ।’
यसका साथै, ओम पुरीको व्यक्तिगत जीवन पनि विवादमा रह्यो । उनले दुई विवाह गरे । सन् १९९० मा उनले सीमा कपुरसँग पहिलो विवाह गरेका थिए । यद्यपी, विवाहको एक वर्षपछि नै उनको जीवनमा नन्दिताको आगमन भएको थियो । त्यसपछि सीमालाई छोडेर ओमले नन्दितालाई रोजे । सीमाले नन्दितामाथि उनको घर तोड्ने आरोप लगाएकी थिइन् । सम्बन्धविच्छेद पछि सन् १९९३ मा उनले नन्दिता पुरीसँग विवाह गरे । उनीहरुको एक छोरा (सुशान्त) पनि छन् । नन्दिताले ओममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । सन् २०१३ मा उनीहरु छुट्टिए ।
एक वर्षमै टुट्यो पहिलो विवाहः
ओम पुरीको पहिलो विवाह अनु कपूरकी बहिनी सीमा कपुरसँग भएको थियो । ११ वर्षको चिनजानपश्चात् उनीहरुले विवाह गरेका थिए । सीमाले नै उनलाई विवाहका लागि प्रोपोज गरेका थिए । त्यतिबेला ओम अरु नै सँग सम्बन्धमा थिए त्यसकारण उनले सीमाको प्रस्तावलाई अस्विकार गरिदिए । पछि सन् १९९० मा उनीहरुको विवाह भयो । तर यो सम्बन्ध एक वर्ष पनि टिकेन । विवाहको केही महिनापछि नै ओम पुरीको जीवनमा पत्रकार नन्दिता पुरीको आवागमन भएको थियो । कोलकातामा एक अन्तर्वार्ताको क्रममा नन्दितासँग ओमको भेटघाट भएको थियो । विवाहित भएपनि ओम पुरीको सम्बन्ध नन्दितासँग स्थापित थियो । उनीहरुको सम्बन्धले रिसाएकी उनकी श्रीमती सीमा कपुरले घर छोडेर गइन् । स्मरण रहोस्, सीमाको गर्भपतन पनि भएको थियो । त्यसको केही महिनापछि ओमले उनीसँग सम्बन्धविच्छेद गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij