मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

दाङमा आमा समुहहरुलाई साईकिल बितरण

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • शिव राज खनाल (एस.के.डेबिट ) ,  दाङ । थारुहरुको महान चाड माघिको पुर्ब सनध्यामा सिपी  नेपालले आज एक कार्यक्रमको आयोजना गरि राप्तिपारिको गंगापरस्पुरमा  बिभिन्न २६ जना स्कुले बिधार्थि र ६ जना आमा समुहहरुलाई साईकिल बितरण गरेको छ ।

    त्यसै गरि कार्यक्रममा  २ वटा आमा समुहलाई दश दश हजार नगद र अर्को एक अआमा समुहलाई उपहार स्वरुप पानि तान्ने पम्पनिसेड प्रदान गरेको छ । गढवा, गंगापरस्पुर गोबरडिहा, राजपुर गाबिसका बिभिन्न २६ जना स्कुले बिधार्थि र ६ जना आमा समुहलाई साईकिल बितरण गरेको हो ।

    थारुहरुको महान चाड माघिको अबसर पारि बिगत ६ बर्ष देखि थारु समुदायका स्कुले बालबालिकाहरुलाई शिक्षामा सहज पहुच पुर्याउन साईकिल बितरण गर्दे आएको उक्त सस्थाले हाल सम्म  २सय ९१ जना स्कुले बिधार्थिहरुका लागी साईकिल बितरण गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।

    प्रति साईकिलको मुल्य हाल ७ हजार ६सय पचास रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।  यस अघि सस्थाले २०६८ सालमा २८ , जना,६९सालमा५१ जना, ७० सालमा ५३ जना, ७१ सालमा ६७ जना, र ७२ सालमा ६५ जना स्कुले बिधार्थिहरुलाई साईकिल बितरण गरेको जनाएको छ ।

    समय अभाबका कारण बिधालय शिक्ष्ााँबाट बचित हुनुपर्ने अबस्थामा रहेका बालबालिकाहरुका लागी उक्त कार्यक्रम सचालन गर्दे आएको सस्थाले जनाएको छ । सिपी  नेपालमा आबद्ध भएको तिन बर्ष पुगेपछि १२ बर्ष उमेर समुह भन्दा माथिका बिधार्थिलाई सहयोग गर्ने गरेको सस्थाले जनाएको छ ।

    यसैबिच आज आयोजित कार्यक्रममा चैनपुर आमा समुहलाई पानि तान्ने मोटर, तथा सहारा आमा समुह र हरियाली आमा समुहलाई दश दशहजारको चेक रकम उपहार स्वरुप प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij