मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३



  • बिनिता शर्मा,काठमाडौ ।     सशस्त्र प्रहरीले १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका सामानहरु पक्राउ गरेको छ।

    सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरुबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासी लगायतका अवैध सामान पक्राउ गरी भन्सार तथा राजश्व कार्यालय एवं सम्बन्धित निकायमा बुझाएको छ ।

    सशस्त्र प्रहरी बल नेपालले चोरीपैठारी तथा निकासी लगायतका सामान बरामद गरी राजश्व संकलनमा उल्लेखनिय सहयोग गर्दै आईरहेको छ ।

     

    सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुको सक्रिय गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनामा आधारित कारवाहीले गर्दा यस अवधिमा देशभरका विभिन्न जिल्लाबाट उल्लेखित रुपैयाँ बराबरको सामान बरामद भएको हो ।

    सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा जोडिएको पर्सा जिल्लाबाट सबैभन्दा बढी २५ करोड ११ लाख ९४ हजार २ सय ५४ रुपैयाँ बराबरको अवैध चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको थियो ।

    त्यस्तै सशस्त्र प्रहरीले बाँके जिल्लाको विभिन्न स्थानहरुबाट १३ करोड ६२ लाख २१ हजार १ सय ३८ रुपैयाँ, झापा जिल्लाबाट १३ करोड ८ लाख ८९ हजार ८ सय ८१ रुपैयाँ, रुपन्देही जिल्लाबाट १२ करोड ८८ लाख २४ हजार ४ सय २१ रुपैयाँ र कैलाली जिल्लाबाट १२ करोड ४२ लाख १० हजार ४ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    यसैगरी सशस्त्र प्रहरीले सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी र बारा जिल्लाका सीमा इलाकाबाट समेत उल्लेखनिय परिमाणको सामान बरामद गरेको छ भने अन्य मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरी लगायतका जिल्लाहरुबाट पनि करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

    विशेष गरी सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट नियमित गस्ती, चेकजाँच तथा विशेष सूचनामा आधारित अपरेशनल कामकारबाही संचालन गरी भन्सार विभाग, अन्य सुरक्षा निकाय लगायतका सम्बद्ध निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै चोरीपैठारी तथा निकासी जस्ता अवैध क्रियाकलापबाट नियन्त्रण गर्ने कार्य समेत गर्दै आइरहेको छ ।

    सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रुपले नेपाल भित्रयाइएका खाद्यान्न, लत्ताकपडा, औषधी, किराना तथा हार्डवयर सामान, सुनचाँदी, पन्छीजन्य तथा पशुचौपाया, वनपैदवार लगायत सामान ल्याउन प्रयोग भएका सवारीसाधनहरु समेत नियन्त्रणमा लिएको हो ।

    त्यस्तै नेपालबाट तथा नेपाल हुँदै अन्य देशमा लैजान खोजिएका अवैध सामान समेत नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकका प्रबक्ता DIGP नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij