सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ

  • प्रकाशित मिति : सोमवार, भदौ १, २०८३



  • बिनिता शर्मा,काठमाडौ ।  आइतबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १३, नयाँगाउँ अमरपथमा रहेकोे यमबहादुर थापाको दुई तले घरको तल्लो तलाका चारवटा कोठामा अबैध रूपमा भन्सार छली गरी ल्याई भण्डारण गरिएको अवस्थामा विभिन्न प्रकारका जुत्ता तथा चप्पलहरु अन्दाजी ८२ लाख १५ हजार ७ सय मूल्य बराबरको पक्राउ गरिएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा प्रमुखको रूपमा DIGP भुपेन्द्र बहादुर खत्री आएपछि लुम्बिनी प्रदेश प्रहरीले धेरै यस्ता काम गर्दै आएको छ। २०७५ पछि यसरी प्रदेश प्रमुखको सक्रियतामा अबैध सामान पक्राउ भएको लुम्बिनी प्रदेशमा नौलो कुरा हो, DIGP खत्रीले कुनै पनि कुरामा लोभ नगरी काम गरेकोमा प्रसंसकहरुले खुशी व्यक्त गरेका छन ।

    लेडिज चप्पल १,०९३ जोर,

    लेडिज जुत्ता १,६८५ जोर,

    बच्चाका जुत्ता ४,४२२ जोर र

    जेन्स चप्पल १,३५० जोर पक्राउ गरिएको हो ।

    बरामद सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij