बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मन्त्री लेखकको मधेश दौडाह : हुलाकी राजमार्गको तीन ठाँउमा शिलान्यास हुने

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक साता लामो तराई–मधेशका जिल्लाको भ्रमण शुरु गरेका छन् । शनिवारबाट शुरु भएको उनको भ्रमण पुस २९ गतेसम्म रहनेछ ।

    धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको भ्रमणमा मन्त्री लेखक विकास निर्माणसम्बन्धी कार्यक्रमहरुमा सहभागी हुनेछन् । त्यसवीचमा मन्त्री लेखकले पार्टीका आन्तरिक कार्यक्रममा पनि सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ ।

    उनले आफ्नो जिल्ला दौडाहका क्रममा महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको तीन ठाँउमा शिलान्यास गर्नेछन् । सर्लाहीको बडहरवा–छतौनामा, महोत्तरीको माइस्थान–गौशाला खण्ड र बारामा मानमद–मटिअर्वा हुलाकी सडक खण्डको शिलान्यास गर्नेछन् ।

    लामो समयदेखि हुलाकी राजमार्र्ग निर्माणको चर्चा भएपनि कामले गति लिन नसकिरहेको बेला मन्त्रीले तीन ठाँउबाट यसको शिलान्यास गर्न थालेका हुन् । पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो ।

    हुलाकी राजमार्गको निर्माण सम्पन्न भएपछि नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोड्ने ३ वटा राजमार्ग हुने छन्। पहिलो पूर्व(पश्चिम राजमार्ग, दोस्रो मध्यपहाडी राजमार्ग र तेस्रो हुलाकी राजमार्ग।

    २०१५ को आमनिर्वाचनमा कांग्रेसले हुलाकी सडक निर्माण गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । बीपी कोइराला नेतृत्वको सरकारले यसको शिलान्यास पनि गरेको थियो । तर, काम भने अगाढि बढन सकेन ।

    यसबाहेक मन्त्रीले भ्रमणका क्रममा सर्लाहीमा संग्रामपुर–नारायणपुर पलका शिलान्यास गर्नेछन् । पर्सा र पिपरवीच सपाह खोला पुल, पर्सा र धनाकौल–डुमरिया सडक हुँदै सागरनाथ सडकको कालोपात्रे कार्यको शिलान्यास पनि मन्त्रीको कार्यसूचिमा छ । त्यसबाहेक उनले यहँ सखुवा–सपाह खोलामा पुल शिलन्यास, मनुस्मारा पुल शिलान्यास, नयाँरोड– बर्थहवा–मधुवनी सडक निरीक्षणलाई पनि कार्यसूचिमा राखेका छन् ।

    रौतहतमा पुगेर मन्त्री लेखकले चन्द्रपुर–गौडातार पुल शिलन्यास, कोटिया–बर्मटोल पुल शिलन्यास, टरहरी पुल शिलान्यास, बाग्मती पुल (माधवपुर, डडौरिया) शिलान्यास गर्नेछन् ।

    कटहरी–धन्सार सडक निरीक्षण, जनकपुर–भिथामोड सडक निरीक्षण, जनकपुर–जधुपुवा सडक शिलान्यास, वीरेन्द्रबजार–जधुपुवा–मैनाथपुर सडक शिलान्यास पनि मन्त्रीको कार्यसूचिमा छ । त्यसबाहेक जनकपुरमा रेल्वेको निरीरक्षण पनि हुने उनको सचिवालयले जनाएको छ ।

    यस अघि विकास निर्माणसँग सम्बन्धित परियोजनामा मन्त्रीले चासोपूवर्क काम गरेका छन् । उनले फास्ट ट्र्याकका निर्माण भारतीय कम्पनीलाई दिने पूर्ववत निर्णय रद्द गराउने निर्णयमा भूमिका खेलका थिए । केही दिन अगाडि मात्र उनले कान्तिलोकपथको अवलोकन तथा निरिक्षण गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij