बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मृतकका आफन्त राहत लिन नआउँदा समस्या

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • लिबाङ (रोल्पा) ।  बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको आफन्त सम्पर्कमा नआउँदा राहत वितरणमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

    आर्थिक वर्ष २०७१-७२ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ जनाको नाममा राहत रकम उपलब्ध भएपनि हालसम्म २९ जना मृतकका आफन्तले मात्र राहत लिएका छन्, जिल्ला प्रशासन कार्यालय रोल्पाका लेखापाल सरस्वती गिरिले भन्नुभयो– बाँकी नौजना मृतकका आफन्त सम्पर्कमा नआएकाले राहत वितरणमा समस्या भएका छन् ।

    उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका रोल्पा मिरुल– १ का चन्द्रबहादुर बुढा, बडाचौर– ४ का विष्णु कामी, जिनाबाङ– १ का दुर्गबहादुर खड्का, हार्जङ–२ का झक्कु बुढामगर, सीर्प–४ का सीसा घर्ती, झेनाम–१ का बुद्धिलाल वाइबा, जौलिपोखरी–८ जयबहादुर, डुब्रिङ–४ का हिमबहादुर विक र ह्वामा–६ का हरिशकुमार बुढाको कानुनी हकदार कार्यालयको सम्पर्कमा नआएपछि कार्यालयलाई राहत वितरणमा समस्या भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

    उहाँले परराष्ट्र मन्त्रालयमार्फत कार्यालयलाई राहतस्वरुप प्राप्त भएको रकम लिन मृतकका कानुनी हकदार यथाशीघ्र कार्यालयको सम्पर्कमा आए राहत वितरणमा सहज हुने बताउनुभयो ।

    वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप उपलब्ध गराई दिनका लागि रु ७१ हजारदेखि रु दुई करोड ३४ लाख ६५ हजार ९४२ सम्म रकम कार्यालयमा प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

    राहत रकम प्राप्त गर्नका लागि मृतकका हकदारले मृत्यु दर्ता, राहदानी, सम्बन्धित गाविसको सिफारिस, नाता प्रमाणित र नेपाली नागरिकताको प्रमाणपत्रसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij