प्रकाशित मिति : शनिबार, पुस २३, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । यूटि आई अर्थात पिसाब नलिमा समस्या भएका गुदेल ९ सोलुखुम्बुका एक गर्भवती महिलाको ज्यान बचेको छ । गुदेल ९ सोलुखुम्बुका ३२ बर्षिय नारदमनी राइलार्ई हिजो एक्कासी यूटि आईको समस्या परेपछि स्थानियको सहयोगमा उहालाई आज प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याएपछि आमा र बच्चा दुबैको ज्यान बचेको सोताङ स्वास्थ्य केन्द्रका निमित्त कार्यलय प्रमुख श्रीध्वज राईले जानकारी दिनुभयो ।
युटि आई अर्थात पिसाब नलिमा समस्या भएपछि बिरामीको अबस्था गम्भीर भएपनि उपचिार पछि हाल बिरामीको अबस्था सामान्य भईसकेको उहाको भनाई छ ।
स्थानियको सहयोगमा बिरामीलाई गुदेलबाट करिब ४ घण्टा पैदल यात्राको बाटो पर्ने सोताङ स्वास्थ्य केन्द्रमा ल्याईएको थियो । यातायातको व्यबस्था नहुदा कोसी पारीको ७ दुर्गम गाबिसका जस्तोसुकै बिरामीलाई पनि ठुलो समस्यामा पर्ने गर्दछ ।
जिटिल किसिमको बिरामी पर्दा जिल्ला अस्पताल फाप्लु लानलाई २ देखी ३ दिन सम्म लाग्ने भएकाले बिकल्पमा सोताङ स्वास्थ्य चौकीमा बिरामी ल्याउने गरिन्छ तर सोताङमा एमबिबियस डा. नियमित नुहुदा लाखौं रुपैया तिरि हेलिकप्टर चर्टर गर्नुपर्ने बाध्यता रहेको स्थानियको भनाई रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij