प्रकाशित मिति : आइतवार, पुस २४, २०७३
बनेपा । काभ्रेपलाञ्चोकको श्यामपाटी गाविसमा आज भएको दुर्घटनामा गाडी चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्लाको काभ्रेभञ्ज्याङबाट श्यामपाटीतर्फ ढुङ्गा लिएर जाँदै गरेको बा१ख ९२३६ नं को ट्रक कच्ची सडकबाट २० मिटर तल खस्दा ट्रकका चालकको मृत्यु भएको हो । मृतकको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
प्रहरीका अनुसार सो गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । दुर्घटनामा एक महिलासमेत घाइते भएकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij