बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मृतक चारैजनाको सामूहिक दाहसंस्कार

  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७३



  • भीमदत्तनगर । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपाली मजदुरको शनिबार सामूहिक दाहसंस्कार गरिएको छ ।

    हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्यु भएको थियो ।

    घटनास्थलबाट कञ्चनपुरको झलारीका स्थानीय नरेन्द्र विष्टले मृतक चारैजनाको शनिबार भारतको धार्मिकस्थल हरिद्वारमा दाहसंस्कार भएको जानकारी दिए ।

    मृतक चारैजनाका आफन्त घटनास्थल पुगेर शुक्रबार शव बुझेपछि शनिबार दाहसंस्कार गरिएको विष्टले जानकारी दिए ।

    ‘हामी दाहसंस्कार गरेर नेपाल फर्किंदैछौँ ।” उनले भने –“मृतकका आफन्तलाई निर्माण कम्पनी र भारत सरकारबाट आर्थिक सहयोगको आश्वासन मिलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij