आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँकडभिट्टा गोल्डकपको उपाधि झापा एघारलाई

  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७३



  • झापा । काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले रु चार लाख एक हजार पुरस्कार जितेको छ ।

    काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रको आयोजनमा आज काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापा– ११ ले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता एपिएफले रु दुई लाख एक हजार पुरस्कार पाएको छ ।

    खेलको ७७औँ मिनेटमा एपिएफका टोप विष्टले आत्मघाती गोल गरेका थिए । नब्बेऔँ मिनेटमा झापा–११ का तर्फबाट कर्ण लिम्बूले गोल गरेका थिए भने खेलको अन्तिम समयमा लिम्बूले नै अर्को गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

    प्रतियोगिताका उत्कृष्ट खेलाडी झापा एघारका योगेश गुरुङ घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताभर सर्वाधिक गोल गरेका झापा एघारकै कर्ण लिम्बूले रु १५ हजार पुरस्कार पाए । ए डिभिजनका खेलाडी सहभागी उक्त प्रतियोगिता पुस १६ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा आठवटा टिम सहभागी थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij