बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ फाईदामा

  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७३



  • गोविन्द खड्का , दाङ । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघको शनिवार घोराहीमा दोश्रो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व सामान्य प्रशासन मन्त्रि एवं वर्तमान संसद रेखा शर्माले पानसमा बत्ति बालेर, विश्वकर्मा बाबाको फोटोमा माल्यार्पण गदै उद्घाटन गर्नुभएको थियोे ।

    प्रमुख अतिथि शर्माले शहिद गेटमुनि संघको ट्राफिक आईल्याण्ड स्थापनाबाट नागरीकको हित गरेको भन्दै प्रशंसा गर्नुभयो । संघले चालकहरुका लागि तालिम दिएर जनधनको सुरक्षामा पनि चासो देखाएको उहाको भनाई थियो ।

    जिल्लाकै प्रतिष्ठीत व्यवसायीको संस्था भन्दै शर्माले नगरका खानेपानी, वाटो, विद्युत नपुगेका क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो । ‘दुईतिन बर्षमै धेरै राम्रा काम गरेको पाए’ शर्माले भन्नुभयो, ‘विचारमा प्रतिस्पर्धा विकासमा एकरुपता देखाउनुस् ।’ उहाले हरेक क्षेत्रका व्यवसायीक व्यक्तिको सहभागिता रहेको संघको सञ्जाल देशभर विस्तार गर्न आग्रह गर्नुभयो ।

    छोटो समयमा धेरै प्रगति गरेको संस्था भनेर सबै जसो बक्ताहरुले संघको प्रशंसा गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि एवं घोराही खानेपानी सरसफाइ संस्थाका अध्यक्ष देवि वहादुर डिसीले यातायात हेलाको क्षेत्र भए पनि व्यवसायीले सम्मानको उचाई दिनुपर्ने बताउनुभयो । नागरीकलाई घर आगनमा सेवा दिनु प्रशंसा योग्य काम भन्दै नफुटेर, झगडा नगरेर अघि बढ्न सुझाव दिनुभयो । चालकलाई सम्मान गर्ने परिपाटीले यातायात सुदृढ हुने डिसिको भनाई थियो । 100_5536

    संस्थाका सचिव भरतराज श्रेष्ठको प्रतिवेदनमा स्थापना कालमा ४८ रहेका ७७ पुगेको उल्लेख छ । गाडिमा अनावश्यक टिप शुल्क लिने चलन हटेको, रसिद सहितका गाडिलाई कतै अबरोध नगरीएको, देशभरकै व्यवसायीलाई आवद्ध गर्ने, नारायणगढ, नेपालगञ्ज र सुर्खेत लगाएतका रुटलाई फराकिलो पार्ने, लगाएतका कार्यक्रम पेश गरीएको थियो । कोषाध्यक्ष  टंकसिं बुढाथोकिले २० लाख छ हजार आठ सय ९० आम्दानी भएको प्रतिवेदन पेश गर्नुभएको थियो ।

    त्यसमा दशलाख ३१ ह्जार आठ सय ९४ वैक मौजदात र सम्पती दुईलाख दुई हजार एकसय दश रुपैयाको जोडिएको उल्लेख गर्नुभएको छ । बत्ताहरुले सहभागिले फाईदामा गएको टिप्पनी गरेका थिए ।
    यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघका अध्यक्ष सुदिप गौतमले आधारभुत एवं दैनिक उपभोग्य बस्तु घरआगनमा लगेर नागरीकलाई सेवा दिने संस्था भनेर स्रहना गर्नुभएको थियो । राज्यले नदिएका सेवा र सामाजिक कामहरुमा निरन्तर चासो दिएर अघि बढ्न शुभकामना दिनुभयो । अर्का विशिष्ट अतिथि दाङ उद्योग वाणिज्य संघका महासचिव दिपक सुवेदिले यातायात भनिए पनि व्यवसायीको भएकाले संघकै सरह मानेको बताउनुभयो ।

    आवश्यक ठाउमा संघ सधै सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । अर्का विशिष्ट अतिथि देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष्ँ शोभाकर घिमिरेले घोराही मात्रै सिमित नभई विस्तार गर्न सुभकामना दिनुभयो ।
    सो अबसरमा संघका सल्लाहकारहरु प्रा डा अर्जुन कुमार बुढाथोकि, यादव शाह, हेमराज बञ्जाडेलाई दोसल्लाह ओढाई कदर पत्रले सम्मान गरीएको थियो । यसैगरी संस्थापक सल्लाहकार करण शर्मा, संस्थापक सहसचिव  दामोदर बुढाथोकि, कार्यसमिति संस्थापक सदस्यहरु दिपक श्रेष्ठ र नारायण भुषाललाई पनि सम्मान गरीएको थियो ।

    सोहि अबसरमा एउटै फर्ममा लामो समय कुनै दुर्घटना नगरी सेवा दिएको भन्दै लुम्बिनी स्टोरका चालक कुलविर चौधरी, सञ्जय एण्ड सन्दिपका चालक मरिचमान चौधरी, सिद्धपालु सप्लायर्सका चालक जयराम चौधरी र बुढाथोकि टेडर्सका चालक ताम बहादुर थापालाई प्रशंसा पत्र र नगदले सम्मान गरीएको थियो ।100_5537

    संघका अध्यक्ष धु्रर्बराज श्रेष्ठ भारीको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका अध्यक्ष लालमणि भण्डारी, घोराही टेक्टर व्यवसायी समितिका अध्यक्ष दल बहादुर वली, राप्तीअञ्चल यातायात व्यवसायी समितिका कार्यलय प्रमुख डा लोकराज पराजुली, राप्ती पोष्टका दैनिकका प्रकाशक सम्पादक शरद अधिकारी, संघका सल्लाहकार एवं राप्ती अञ्चल टक व्यवसायी समितिका अध्यक्ष यादव शाह, लगाएतले दुई बर्ष अघि ४८ जना बाट शुरुभई ७७ मा पुगेको सफल संघ भनेर शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा जिल्ला ट्राफिक  प्रमुख ओम प्रकाश वाग्लेलगाएत प्रमुख अतिथि विशिष्ट अतिथिलाई आकर्षक मायाको चिनो प्रदान गरीएको थियो । संघका उपाध्यक्ष एवं दाङ उद्योग वाणिजय संघका उद्योग उपाध्यक्ष खडक बहादुर बुढाथोकिले यातायात जटिल क्षेत्र र जोखिम हो भन्ने जानेरै सजिलो बनाएन संगठित भएको बताउनुभयो । यसलाई नाफा मुलक नभई समाजिक कार्यमुलक बनाउन चाहेकाले साथ दिन सवै प्रति आग्रह गर्नुभयो ।

    संस्थालाईसबैतिर विस्तार गर्दै देशकै नमुनाका रुपमा उभ्याउन चाहेको बताउनुभयो । त्यसमा साथदिने सबैमा धन्यावद दिनुभयो । कार्यक्रमको सहजीकरण संघका सहसचिव सरोज शाहले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij