बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

उदयपुर जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७३



  • उदयपुर । उदयपुरको हर्देनीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका हर्देनी ४ लिलबहादुर कार्कीको आज मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।यसअघि दुर्घटनास्थलमा २ जनाको मृत्यु भएको थियो ।

    हर्देनी ४ गहुँबारीमा भएको जीप दुर्घटनामा जीप धनीको समेत मृत्यु भएपछि घाईतेको उपचार सरकारले गर्ने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सवारी धनीको मृत्यु हुदाँ उपचार प्रभावित भएकोले गृह मन्त्रालयले घाईतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको उदयपुरका माओवादी केन्द्रकी सभासद भेष कुमारी राउतले जानकारी दिइन् ।
    ‘गाडी धनीको मृत्यु भएर घाईतेका उपचारमा समस्या भएपछि गृह मन्त्री समक्ष घाईतेको उपचारमा समस्याको बारेमा कुरा राखेको छु ।’ सांसद राउतले भन,े ‘गृह मन्त्री बिमलेन्द्र निधीले घाईतेको सम्पुर्ण उपचार सरकारले गर्ने भनि प्रतिवद्धता व्यक्त गरेका छन् ।’

    घाइतेमध्ये २ जनाको काठमाण्डौ र अन्य ४ जनाको विराटनगरमा उपचार भई रहेको छ ।

    सवारी दुर्घटना हुँदा मृत्यु भएकालाई क्षतिपूर्ति दिने र घाइते भएकाको उपचार गर्ने खर्च सवारी मालिकले व्यहोर्ने नियम छ । तर दुर्घटनामा जीप साहुकै मृत्यु भएपछि उपचारमा पैसाको अभाव मात्रै भएको थिएन, उपचारका लागेको खर्च कसले व्यहोर्ने भन्ने समेत अन्यौल समेत भएको थियो ।

    शुक्रबार बेलुका कटारी बजारबाट गोठडाँडा जादैं गरेको स १ ज ४०९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा जीप मालिक टंक बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको मृत्यु भएको थियो । भने हर्देनी–४ का विष्णु बहादुर राउत, सन्तोषी बस्नेत, भेषराज राउत, विमल बस्नेत, लिलबहादुर कार्की र एलिना श्रेष्ठ गम्भिर घाईते भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij