प्रकाशित मिति : आइतवार, पुस २४, २०७३
काठमाडौं । हिमपातका कारण अवरुद्ध सडक खुलाएर फर्किँदै गरेको नेपाली सेना सवार गाडी डडेलधुराको साँखुखर्क भन्ने स्थानमा दुर्घटना भएको छ ।
आइतबार दिउँसो डोटीको हकुलेकमा हिमपातका कारण अबरुद्ध सडक खुलाएर फकिँदै गरेको सेनाको गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जना गम्भीर भएको सेनाका प्रवक्ता ताराबहादुर क्षेत्रीले जानकारी दिए । उनीहरुको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij