बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

२० वर्ष किसानी गरेर ६० वर्ष पुगेका किसानलाई यही वर्षदेखि पेन्सन

  • प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७३



  • काठमाडौं । सरकारले चालू आर्थिक वर्ष ०७३/७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ । कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरि प्रतिवेदन तयार गरिसकेको छ । अध्ययनको जिम्मा पाएको नेपाल वैकल्पिक अध्ययन समाजले प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

    सबैले आम्दानीको एक प्रतिशत कोषमा जम्मा गर्ने, तर सरकारले निम्नवर्गीय किसानका लागि धेरै रकम र ठूला किसानका लागि थोरै रकम कोषमा जम्मा गरिदिनुपर्ने सिफारिस प्रतिवेदनमा गरिएको छ । सुरुमा सरकारले कोषमा निश्चित रकम राखेर पेन्सन अवधारणा लागू गर्दै जानुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा २० वर्ष खेती–किसानी गरेर ६० वर्ष उमेर नाघेकालाई तत्कालै मासिक २५ सय रुपैयाँ पेन्सन उपलब्ध गराउन सिफारिस गरिएको छ । यो व्यवस्था सीमान्तकृत, साना र मध्यम किसानलाई लागू गर्न प्रस्ताव गरिएको छ ।

    समाजका अध्येता हरि रोकाले २० वर्ष खेती–किसानी गरिसकेका र ६० वर्ष उमेर पुगेकाले कोषमा कुनै योगदान नगरी सोझै पेन्सन पाउने व्यवस्था गर्न सिफारिस गरेको जानकारी दिए । ‘कृषि पेसामा २० वर्ष संलग्न भइसकेका र ६० वर्ष उमेर पुगेका व्यक्तिहरू निवृत्तिभरण कोषमा सहभागी हुनेछैनन् । उनीहरूले सोझै राज्यबाट २५ सय रुपैयाँ पेन्सन पाउनेछन्,’ मन्त्रालयमा पेस भएको प्रतिवेदनमा भनिएको छ, ‘तर, ठूला किसान र व्यावसायिक किसानको हकमा हाल ६० वर्ष पुगेका व्यक्तिलाई स्किम लागू भएका वेला पेन्सन उपलब्ध गराइनेछैन ।’ ६० वर्ष नपुगेका व्यक्तिले कोषमा योगदान गर्नुपर्ने र ६० वर्ष पुगेपछि २५ सयका दरले पेन्सन पाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    किसानको मृत्यु भए आफन्तले पाउने
    पेन्सन कोषमा किसानले आफ्नो आम्दानीको एक प्रतिशत रकम योगदान गर्नुपर्छ । सरकारले वर्गअनुसार फरक–फरक दरमा रकम थपिदिने हुन्छ । पेन्सन लिँदै गरेको पुरुष किसानको मृत्यु भएमा निजकी श्रीमती (कृषि पेसामै रहेको अवस्थामा)ले पेन्सन लिन पाउने सिफारिस गरिएको छ ।

    यही वर्षबाट सुरु हुन्छ : योगेन्द्रकुमार कार्की प्रवक्ता, कृषि विकास मन्त्रालय
    किसानलाई सुरक्षा भत्ताका रूपमा पेन्सन वितरण गर्ने अवधारणा धेरै राम्रो हो । यसबाट कृषि पेसाप्रति आकर्षण बढ्ने, कृषिलाई सम्मानित पेसाको रूपमा हेरिने र समग्र उत्पादन बढाउन सहयोग पुग्छ । किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन प्रतिवेदन तयार भएको छ । अब यसलाई थप छलफल गरी चाँडै टुंगो लगाउँछौँ । हामीले सात प्रदेशका सात जिल्लाको सात अति गरिब गाविसबाट पेन्सन वितरण सुरु गर्ने लक्ष्य लिएका छौँ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij