आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हराएका भूसंरक्षण अधिकृत गौतम चितवनमा मृत फेला

  • प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७३



  • 0  

    kamal_prasad_gautam-5870a6246fd889-35966147पर्वत । पर्वतको राम्जादेउराली गाबिस वडा नं ५  घर भएका जिल्ला भूसंरक्षण कार्यालय स्याङ्गजाका प्रमुख कमलप्रसाद गौतम ८ दिन पछि मृत फेला छन् ।

    भूसंरक्षण कार्यालय स्याङ्गजाका प्रमुख गौतम चितवनको भरतपुर उपमहानगरपालिका वडा नं १ रामनगरको जंगलमा सोमबार साँझ मृत फेला परेका हुन ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गौतम जंगलमा नाइनलको डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्गजाको खोजतलास गरिदिने अनुरोधका आधारमा त्यस क्षेत्रमा खोज्ने क्रममा रुखमा झुण्डिएको शब फेला परेको र उक्त शब गौतमकै भएको पहिचान गरिएको हो ।

    उनी झुण्डिएको नजिकै मोबाइल र सिम अलग पारेको सिम राखेर हेर्दा मोबाइल गौतमकै भएको र उनले भूसंरक्षण कार्यालयको ज्याकेट समेत लगाएका आधारमा पहिचान गरिएको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । ‘

    शबको पहिचान भैसकेको छ, आफन्तलाई खबर गरेपछि उहाँहरु पनि आइसक्नु भएको छ’ उनले भने ।
    गएको सोमबार (१८ पुस) गते मध्यान्ह १२ बजेतिर आफ्नै कार्यालयबाट विभागतर्फ जाने भन्दै निस्केका गौतम विभागमा नपुगेको खवर आएको थियो ।

    न त कार्यालयमा नै फर्केर आए ! अघिल्लो दिन (आइतबार) छोरीसँगको फोन वार्ताका क्रममा विभागको कामसहित आफू भोली (सोमबार) काठमाडौं आउने बताएका बावाको खवर केही नआएपछि खोजी गर्दा गौतम वेखवर भएका थिए ।

    करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख भइ काम गरेका गौतमको घर पर्वतको राम्जादेउराली गाबिस वडा नं ५ भए पनि उनका परिवार हाल काठमाडौंमा बस्र्दै आएका छन् । उनका दुई छोरी एक छोरा र पत्नी छन् । घटनाका बारेमा थप अनुसन्धान भने भैरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij