बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

वर्षमा ६ महिना काम गरेर ४० मेगावाटको आयोजना

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • दोलखा । अर्बौं लगानी गरेर जलविद्युत् आयोजना बनाउन दिन–रात नभनी काम गर्नुपर्छ । आयोजना समयमै सम्पन्न गरेर बैंकको ब्याज तिर्ने तथा लगानीको प्रतिफल समयमै लिने लोभ जो कोहीलाई हुन्छ । तर, दोलखामा एउटा यस्तो आयोजना छ जहाँ वर्षको ६ महिना पनि काम गर्न सकिँदैन ।

    अत्यधिक चिसो र पानीका कारण हिउँद र वर्षामा कामै गर्न नसकिने क्षेत्रमा केही युवा मिलेर ४० मेगावाटको जलविद्युत् आयोजना बनाउँदैछन् । आयोजनाको हालसम्म ८० प्रतिशत काम पूरा भइसकेको छ ।

    मार्बु गाविसको उच्च स्थानमा आयोजनामा निर्माणाधीन छ । आयोजनामा मंसिर लागेपछि सुरुङभित्र बाहेक बाहिरी सतहमा चिसोको कारण काम गर्न सकिँदैन । सुरुङभित्र तापक्रम पुग्ने भएकाले मेसिन जडान लगायतको काम जारी छ ।

    आयोजनाको हेडवर्क्स(बाँध, इन्टेक, पानी थिग्य्राउने पोखरी) को काम गर्ने ठाउँमा मंसिरदेखि मध्यफागुनसम्म बाक्लो तुसारो र हिउँ जम्ने हुनाले काम गर्न सकिँदैन ।

    आयोजनाको काम पाँच वर्षअघि सुरु भएको हो । काम सुरु गर्न आयोजनाको प्रवद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भार्लेदेखि पावर हाउस कोप्लाङसम्म ३० किलोमिटर सडक आफैंले निर्माण गरेको छ । त्यहाँबाट सामान ढुवानीका लागि हेडवर्क्ससम्म रोपवे निर्माण गरेको छ । सरकारले निर्माण गर्न लागेको लादुक र सुरी जोड्ने तामाकोसी नदीमा पुलको काम ढिला भएपछि आफैंले बेलिब्रिज हालेको छ ।

    आयोजनाले तामाकोसीसहित, गुरुम्फी, घट्टेखोला लगायत चार स्थानमा बेलिब्रिज हालेको छ । जसले स्थानीयलाई समेत आवतजावतमा सहज भएको छ । तर सरकारले आयोजनाको काम सुरु हुनुअगावै ठेक्का लगाएको भोर्लेमा तामाकोसीमाथिको पुल र घट्टे खोलाको पुल कहिले पूरा हुने अझै टुंगो समेत छैन । आजको कारोबारमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij