बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सुन्तलाबारीमा क्यानोनिङको सम्भावना

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • पोखरा ।  क्यानोनिङ (छाँगावरोहण) को गाउँमा सम्भावना देखिएपछि स्याङजाको इलादीस्थित सुन्तलाबारीका स्थानीयवासीमा उत्साह थपिएको छ ।

    इलादीस्थित सुन्तलाबारीमा नेपाल क्यानोनिङ एसोसिएसनका पदाधिकारी बोलाएर हालै प्रशिक्षण समेत सञ्चालन गरेपछि गाउँमा क्यानोनिङको सम्भावना रहेको कुराले स्थानीयवासीमा खुसीयाली छाएको स्थानीय समाजसेवी मोहन खनाल बताउछन् ।

    क्यानोनिङको साथै यहाँ वरपरका प्राकृतिक दृश्यावलोकन, स्थानीय कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अत्यधिक सम्भावना रहेको उनको भनाइ छ । यहाँका सातवटा घरमा दुई वर्षयता होम स्टे सञ्चालन गरिएको र यसको विस्तार गरी १५ वटा घरमा होम स्टे सञ्चालन गर्न लागिएको खनालले बताए ।

    सुन्तलाबारीको खाल्टे झरना करिब ६० मिटर उचाइमा रहेको छ । सो झरनाका साथै यहाँ नजिकै रहेको वसन्ती दह माथिको ३० मिटर उचाइको अर्को झरनामा समेत क्यानोनिङको सम्भावना छ । साहसिक पर्यटनलाई रुचाउने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा आकर्षित गरी आयआर्जनका विभिन्न अवसर सिर्जना गर्न सकिने स्थानीयवासीले विश्वास लिएका छन् ।

    क्यानोनिङ प्रशिक्षक दवीन्द्र तामाङका अनुसार साहासिक पर्यटकीय खेलमा रमाउन चाहने जो कोही पर्यटकले अब सुन्तलाबारीमा पुगी क्यानोनिङको मज्जा लिन सक्नेछन् । वालिङ नगरपालिका–८ त्रियासीदेखि करिब सात किलोमिटरको दुरीमा रहेको सुन्तलाबारीमा एसोसिएसनले हालै स्थानीय आठजना युवालाई क्यानोनिङको तालिम दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij