बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पृथ्वीनारायण शाहको मृत्यु बाघको आक्रमण बाट

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् ।

    उपत्यका विजयपछि पूर्वअभियानलाई सिक्किमसँगको सम्झौतापछि टुंग्याएका पृथ्वीनारायण शाहले त्यसपछि पश्चिम विजय अभियान थाल्नुअघि पृथ्वीनारायण शाह विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए । त्यहीँ उनको मृत्यु सामान्य ज्वरोका कारण भएको इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख गरेका छन् ।

    ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लागिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भएको उक्त पुस्तकमा उल्लेख छ ।

    यता भारतीय लेखक विराजद्वारा लिखित तथा आत्माराम एन्ड सन्सद्वारा सन् २०१० मा प्रकाशित गरेको ‘नेपालेश्वर’ शीर्षकको उपन्यासमा पृथ्वीनारायण शाहको मृत्यु बाघ (त्रिशूली क्षेत्र बाघको प्राकृतिक बासस्थान होइन, चितुवा हुनसक्छ ।)को आक्रमणबाट भएको उल्लेख गरिएको छ । पुस्तकका अनुसार पृथ्वीनारायण शाह सिकार खेल्न पोख्त थिए । उनी बाघका लागि अन्य जनावर मारेर पासो थाप्थे भने बाघ सिकार खान आएको मौका पारी तरबारले सोझैं आक्रमण गर्थे ।

    उक्त पुस्तकका अनुसार आफ्नो मृत्युअघि पनि उनी आफ्नो सिकारी दलबलसहित त्रिशूली किनारतिर गएका थिए । सम्पूर्ण तयारीपछि उनको दलबलले बाघलाई पासोमा पारेको थियो । बाघलाई वरिपरिबाट अन्य सिकारीहरूले घेरा हालिसकेपछि पृथ्वीनारायण शाहले बाघमाथि तरबारले आक्रमण गरे, तर आफूतिर अघि बढिरहेका पृथ्वीनारायण शाहमाथि उक्त बाघले अचानक झम्टेर उनको गर्धन नै समात्यो ।

    त्यसपछि पृथ्वीनारायण शाहलाई बचाउन उनका सहयोगीहरूले उक्त बाघमाथि आक्रमण गरेका थिए । बाघ भागेपछि पृथ्वीनारायण शाहलाई घाइते अवस्थामै शिविरमा ल्याइएको थियो, जहाँ राजवैद्यले उनको उपचार गरेका थिए । बाघले पृथ्वीनारायण शाहलाई दिएको चोट यति गहिरो थियो कि उनको उपचार सम्भव हुन सकेन । आफ्नो अन्तिम अवस्था बुझिसकेका पृथ्वीनारायण शाहले आफूलाई देवीघाट पुर्‍याउने आग्रह गरे । जहाँ पुग्दा नपुग्दै उनको मृत्यु भयो ।

    अब प्रश्न उठ्छ, नेपालेश्वरमा उल्लेख भएको घटना कति सत्य हो ? यो विषयमा अहिलेसम्म कुनै पनि नेपाली इतिहासकारले कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् । यो विषयलाई अनुसन्धानको विषयका रूपमा पनि स्वीकार नगरिनु नेपाली इतिहासको एउटा उदेकलाग्दो पाटो मान्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij