आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विवादकै बीच उच्च अदालतमा न्यायाधीश नियुक्ति !

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • न्यायपरिषदले उच्च अदालतमा न्यायाधीशहरु नियुक्त गरेको छ । यससम्बन्धमा औपचारिक पुष्टि भने हुन बाँकी छ ।

    उच्च न्यायालयमा रिक्त रहेका न्यायाधीशहरुको गएराति अबेर नियुक्ति गरिएको दावी न्यायपरिषद स्रोतले गरेको छ । यद्यपि, नियुक्तिका सम्बन्धमा न्यायपरिषद सदस्यहरुमा मत विभाजन भएको स्रोतले जनाएको छ ।

    प्रधानन्यायाधीश एवं न्यायपरिषद अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा हिजो दिउँसो बसेको बैठक निष्कर्षविहीन भएकोमा राति अबेर फेरि बैठक बसेर न्यायाधीश बन्नेहरुको नाम टुंग्याइएको स्रोतको दावी छ ।

    जसमा सर्वोच्च अदालतबाट प्रतिनिधित्व गर्ने वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायसमेतको असहमति रहेको दावी गरिएको छ । नेपाल बार एशोसिएशनका तर्फबाट न्यायपरिषद सदस्य रहेका रामप्रसाद सिटौला पनि राति भएको बैठकमा उपस्थित थिएनन् ।

    रातिको बैठकमा नजान बारले भनेकाले आफू उक्त बैठकमा सहभागि नभएको र के निर्णय भयो भन्ने पनि कुनै जानकारी नभएको उनले बताए ।

    कुन आधारमा, कसरी न्यायाधीशहरुको नियुक्ति गरियो भन्नेमा आफू अनभिज्ञ रहेको सिटौलाको भनाइ छ ।

    उनले आफू सहभागि दिउँसोको बैठकमा कुनै निर्णय नभएको प्रष्ट गरे ।

    राति प्रधानन्यायाधीश कार्की, परिषदका अर्का सदस्य कानून मन्त्री अजयशंकर नायक र प्रधानमन्त्रीकातर्फबाट नियुक्त परिषद सदस्य पदम वैदिकले बैठक गरी न्यायाधीशहरुको नाम टुंगो लगाएको दावी स्रोतले गरेको हो ।

    उक्त बैठकमा माओवादी केन्द्रका एक वरिष्ठ नेता पनि उपस्थित रहेको दावी गरिएको छ ।

    शुक्रबारदेखि परिषद सदस्य एवं सर्वोच्चका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्यायले अवकाश पाउने भएकाले रातारात निर्णय लिइएको र परिषद सदस्यहरुकै असहमति हुँदाहुँदै गरिएको निर्णयले न्याय प्रशासनमा दूरगामी असर पुर्‍याउने नेपाल बारका अध्यक्ष शेरबहादुर केसीले प्रतिक्रिया दिए ।

    उपाध्यायको अवकाशपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली परिषद सदस्यमा आउने भएपछि पराजुलीलाई न्यायाधीश नियुक्तिमा सहभागि बन्न नदिने खेलअन्तर्गत रातारात यो निर्णय गरिएको दावी पनि गरिएको छ ।

    परिषद सदस्यहरुले आफू निकटकाहरुलाई न्यायाधीश बनाउने खेलमा लाग्दा समयमै निर्णय हुन सकेको थिएन । १८ उच्च अदालतका लागि ८२ न्यायाधीश रिक्त रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij