शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

त्रियुगा कृषि मेला सुरु

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ ।
    जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ ।
    मकर सङ्क्रान्तिको अवसर पारेर आजदेखि २ गते सम्म उक्त प्रदर्शनी मेला सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताए। मेलामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपजका वस्तुहरु प्रदर्शनी गर्न २७ वटा स्टल व्यवस्थापन गरिएको पनि आयोजकले बताएका छन् ।
    कृषि मेला प्रदर्शनीमा जिल्लाभरिका तीस कृषक समूह र अन्य कृषक गरेर अन्य झन्डै सय कृषकले समेत विभिन्न उत्पादित वस्तुहरु प्रदर्शनी गर्ने भएका छन् । यस्ता प्रदर्शनी गरिने कृषि उपजका वस्तुमा जिल्लामा उत्पादित विभिन्न अन्नबाली, तरकारी, फलफूल, माछा लगायतका कृषकले उत्पादन गरेका कृषि उपज वस्तु रहेको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालीविकास अधिकृत विश्वराज ढुङ्गानाले बताए।
    यस्तै, वर्तमान अवस्थामा कृषि उत्पादनका लागि विकास गरिएका विभिन्न नयाँ प्रविधि र जलवायु सम्बन्धीका अन्य कृषि उपकरण र वस्तुसमेत मेलामा प्रदर्शनी गरिने भएको कुरा आयोजकले बताएका छन् । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय हुने कृषकलाई नगद पुरस्कार र विभिन्न कृषि उपकरण समेत पुरस्कार दिइने आयोजकले बताएका छन् । मेलामा दश हजारभन्दा बढी कृषक र स्थानीयवासी उपस्थिति हुने आयोजकले अनुमान गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij