बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

किसानलाई सिमल तरुल बेच्न भ्याइनभ्याई

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई माघे सङ्क्रान्ति आउनै लाग्दा सिमल तरुल बेच्न भ्याइनभ्याई छ ।
    सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रुपमा सिमल तरुलको खेती लगाएका छन्।  उनकाअनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ ।
    तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने उनको भनाइ छ । चार वर्षयता निरन्तर तरुल खेती गरिरहेका भण्डारीले खेती लगाएको पहिलो वर्ष (२०७०) साल मा एक लाख ५५ हजारको तरुल बिक्री गरेको बताए।
    २०७१ सालमा हौसिएर व्यवसायमा लागेका तामाङले सो वर्षमा  एक लाख ६५ हजार हात पारे। २०७२ मा उत्पादन अलि घट्यो । माग बढेपनि मूल्य चार वर्षयता स्थिर छ ।
    अर्काको जग्गा लिजमा लिएर खेती गर्दै आएका तामाङ जग्गाको वार्षिक  २६ हजार भाडा तिर्छन्। विगत वर्षमा त्यही जग्गामा लगाएको कोदो, फापर र रहर दालले तामाङलाई वर्षभरि खाने अन्न जोहो गर्न धौधौ हुने गथ्र्यो ।
    तर, तरुल खेती गर्न थालेपछि आफ्ना दिन फेरिएको उनको भनाइ छ । निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा प्रवेश गरेयता तामाङले सिमल तरुल बेचेर सय मन धान किन्ने रकम जम्मा गर्न थालेका छन्।
    तामाङले पाखोबारीमा सिमल तरुल खेती गरेर राम्रो आम्दानी गरेको देखेपछि शुक्रबारे गाउँका हुकुमबहादुर थापाले चार कट्ठा जग्गामा सिमल तरुल खेती सुरु गरेका छन्।
    पाँच÷सात वर्षअघिसम्म गरिब दुःखीले छाक टार्न र खाजा खान प्रयोग हुँदै आएको सिमल तरुलको काठमाडौँ, पोखरा लगायतका बजारबाट माग उच्च हुन थालेपछि पथरीशनिश्चरे–१२ दोहलु र शुक्रबारेका करिब डेढसय किसानले अहिले सिमल तरुलको व्यावसायिक खेती सुरु गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij