बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कास्की र स्याङ्जा जिल्ला जोड्ने पुल निर्माण हुने

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • कास्की र स्याङ्जा जिल्लालाई जोड्ने चिसापानी–सिगारेबास–टक्सार सडकमा पर्ने सुरौदी खोलामा छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाइको आधुनिक मोटर चल्ने पुल निर्माण हुने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक एवम् सडक डिभिजन कार्यालय पोखराको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल दुई वर्षको अवधिमा सम्पन्न गरिने लक्ष्य छ ।

    व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले बिहीबार यहाँ आयोजित एक समारोहबीच सो पुलको शिलान्यास गर्दै मुलुकको विकास निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

    मुलुकमा प्राविधिक जनशक्तिको अभावमा विकास निर्माणका कामको अनुगमन प्रभावकारी हुन नसकेको बताउँदै उनले थप दरबन्दी वा करारमा लिने वा सुविधा दिएर मौजुदा जनशक्तिलाई परिचालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

    उनका अनुसार रणनीतिक महत्वमा परेको चिसापानी– सिगारेवास –टक्सार ग्रामीण सडकलाई ३० करोडको लागतमा ७.५ मिटर चौडाइ डबल लेनको बनाउने कार्य प्रारम्भ गरिएको छ ।

    पोखराको वडा नं १७ र २३ निर्मलपोखरीलाई जोडने दोविल्लास्थित पार्दीखोलाको पुलको मर्मत र खोलाले कटान गरेको जोखिममा रहेको दोविल्लाको बस्ती संरक्षणका लागि दुई करोड ५० लाख बजेट विनियोजन भइसकेको उनले बताए ।

    सांसद राजु थापाले कास्की, स्याङ्जा र तनहुँ जिल्लाको विकास निर्माण र यस क्षेत्रका बासिन्दाको समृद्धिका लागि पुल कोसेढुङ्गा साबित हुने बताउँदै सुरौदी खोला कोरिडोरको अवधारणालाई अगाडि बढाउन पहल भइरहेको जानकारी दिए ।

    डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर प्रकाश खत्रीले खोलाको बीच भागमा एउटा पिल्लर रहने आधुनिक पूर्वबलित प्रबिधिको सो पुलबाट दोहोरो यातायातका साधन आवतजावत गर्न सुविधा पुग्ने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij