प्रकाशित मिति : शनिबार, माघ १, २०७३
पाल्पा । रामपुर नगरपालिका–१५ मा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कालीगण्डकी नदीको बौडीघाटबाट बर्दलेतर्फ ढुङ्गा लिएर आउँदै गरेको लु २ त ५९५८ नंको ट्र्याक्टर रामटार नाङ्गेटारीमा दुर्घटना हँुदा गम्भीर घाइते बनेका चालक जीतेन्द्र थारुको उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
साँघुरो बाटोमा ट्र्याक्टर मोड्ने क्रममा दुर्घटना भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij