प्रकाशित मिति : शनिबार, माघ १, २०७३
पोखरा । स्वास्थ्यमन्त्री गगन थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरोकार सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् ।
बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको समापन समारोहमा थापाले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पु¥याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने मन्त्री थापाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij