प्रकाशित मिति : शनिबार, माघ १, २०७३
इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तगर्त सुनसरीको हरिपुरमा बसको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।
लाहनबाट इटहरी तर्फ आउदै गरेको ना ४ ख २९३१ नम्बरको यात्रुवहाक बसले विपरित दिशाबाट आइरहेको को १९ प ३३५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी ५ बस्ने बर्ष ३५ को मान बहादृर तामाङ, मोरङ हसन्दहका ३६ बर्षिय सुमन बास्तोला र इटहरी ५ बस्ने बर्ष २६ को कान्छा तामाङ रहेका छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij