बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

शनिबार यस वर्षकै सबैभन्दा धेरै चिसो

  • प्रकाशित मिति : आइतवार, माघ २, २०७३



  • जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको छ ।

    पश्चिमी वायुको प्रभावले देशभर अझै चिसो बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले बताए । ‘पानी पर्ने सम्भावना बढेकाले अझै चिसो हुन सक्छ,’ सुवेदीले भने, ‘कति डिग्रीसम्म तापक्रम झर्छ भन्ने अनुमान गरिएको छैन । तर, चिसो बढ्न सक्छ ।’ यो खबर आजका अधिकांश पत्र-पत्रिकामा छापिएको छ। हामीले नयाँ पत्रिकाबाट लिएका हौ।

    सुवेदीका अनुसार पश्चिमी वायु बिस्तारै पश्चिम नेपाल हुँदै पूर्वतिर गएकाले मध्य र पूर्वी नेपालका पहाडी जिल्लामा छिटफुट वर्षा हुन सक्नेछ । पश्चिम नेपालका केही ठाउँमा पनि वर्षा हुनसक्ने अनुमान छ ।

    काठमाडौंमा शनिबार अधिकतम १६ दशमलव ४ डिग्री र न्यूनतम शून्य दशमलव ४ डिग्रीसम्म तापक्रम पुगेको छ । गत वर्ष पनि काठमाडौंको तापक्रम शून्यमा झरेको थियो । हिमाली क्षेत्र जुम्लामा अधिकतम १९ दशमलव ४ न्यूनतम र न्यूनतम माइनस ८ डिग्रीसम्म पुगेको थियो । नेपालगन्जममा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमवलव ४ डिग्री थियो । विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले तराईमा शीतलहरबाट कसैको मृत्यु भएको सूचना नआएको बताए । ‘तराईमा चिसोबाट मृत्यु भएको हुन सक्छ । तर, शीतलहरबाट एकजनाको मृत्यु भएको छैन,’ पन्थीले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij