आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलेसियामा नेपालीको रहस्यमय मृत्यु

  • प्रकाशित मिति : आइतवार, माघ २, २०७३



  • वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ ।

    मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन् ।

    मृतकका बुबा लालबहादुर रानाले छोराको हत्या भएको बताएका छन । विभिन्न सङ्घसंस्था र मलेसियामा कार्यरत नेपालीको सहयोगमा शव ल्याउने कार्य भइरहेको उनले बताए।

    एक साताअघि मृत अवस्थामा रानाको शव फेला परेको थियो । मृतकका एक छोरा, एक छोरी, श्रीमती र आमाबुबा रहेका छन् । घरको अवस्था निकै दयनीय रहेका राना कर्जा लिएर रोजगारीका लागि मलेसिया गएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij