प्रकाशित मिति : आइतवार, माघ २, २०७३
काठमाडौं । संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ ।
उहाँकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो ।
मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा स्वस्थानी कथा सुनिरहेकै अवस्थामा निधन भएको थियो ।
दाहालको आज पशुपति, आर्यघाटमा दाहसंस्कार गरिने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij