बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

राष्ट्रिय परिचयपत्र बन्न लाग्यो तर, भवन बनेन

  • प्रकाशित मिति : आइतवार, माघ २, २०७३



  • काठमाडौ । नागरिकलाई राष्ट्रिय परिचयपत्र (स्मार्ट कार्ड ) उपलब्ध गराउने उदेश्यले स्थापना भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचपत्र व्यवस्थापन केन्द्रको भवन निर्माणको काम सुरु भएको ३ वर्ष भैसक्यो ।
    महत्वकांक्षी योजनाका रुपमा लिइएको र अत्यन्तै जटिल प्रक्रिया मानिएको राष्ट्रिय परिचयपत्र भने आगामी असारदेखि छपाई र वितरण हुने निश्चित भइसकेको छ । तर, गृहमन्त्रालयकै आडमा तयार हुँदै गरेको भवन बन्नेमा भने अझै अनिश्चित छ ।
    यो भवन निर्माणका लागि २०७० असारमा चुक्रेश्वरी निर्माण प्रालीसँग ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनीको चलखेल, ढिलासुस्ती र सिंहदरबार सचिवालय पुनर्निर्माण समितिको लापरबाहीका कारण फाउडेशन बाहेक अन्य कुनै काम भएको छैन ।
    राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रसँग यस विषयमा बुझ्दा पुनर्निर्माण सचिवालयको काम भएकाले त्यस विषयमा समिति नै जानकार रहेको बताउँछ । केन्द्रले जिम्मेवार निकायलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि केहि काम अघि बढ्न नसकेको बताएको छ । अस्थायी भवनमा बसेर यस्तो संवेदनशील काम कष्टपूर्वक ढंगले गर्नु परेको केन्द्रले जनाएको छ ।
    पुनर्निर्माण समितिले नै ठेकेदार कम्पनीसँग सम्झौता गरेको र केन्द्रसँग बजेट रहँदा काम गर्न अपठ्यारो भएको भनेपछि बजेट खर्च गर्ने अख्तियारी समेत समितिलाई नै दिएको केन्द्र स्रोतले बताएको छ ।
    ठेक्का सम्झौता हुँदा केन्द्रले भवन निर्माणको बजेट निकासा दिने गरेको थियो । तर ठेकेदार कम्पनीले एक वर्षमा सन्तोषजनक काम नगरेकोले पुनर्निर्माण समितिलाई ताकेता गर्दा समस्या भएको भनेपछि खर्च गर्ने अख्तियारी पनि समितिलाई नै दिएको र केन्द्रको तर्फबाट भवन निर्माणमा समस्या भए तत्काल समस्याहरु कानुन बमोजिम समाधान गर्न तयार रहेको भन्दा पनि अहिलेसम्म काम अगाडि बढ्न नसक्नु आश्चर्यको विषय भएको स्रोत बताउँछ ।
    स्रोत भन्छ –‘सम्झौताबमोजिम ठेकेदार कम्पनीले काम गरेको भए अहिले उक्त भवन केन्द्रले प्रयोग गरिरहेको हुन्थ्यो । ६ तले भवन निर्माण गर्ने सम्झौता गरेको कम्पनीले एक तला पनि बनाएको छैन । यस्तो अवस्थामा पनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन ।’ राष्ट्रिय परिचयपत्र छपाईका लागि प्राविधिक रुपमा पनि उपयुक्त हुने गरि बनाउँन लागिएको भवन स्मार्ट कार्ड छपाई गर्ने अन्तिम तयारी भैसक्दा पनि अलपत्र बन्नुले सरकारी काममा हुने लापरवाहीलाई प्रश्ट्याउछ ।
    सिंहदरबार सिचवालय पुनर्निर्माण समिति मार्फत बन्ने भवनहरुमा ढिलासुस्ती र चलखेल हुँदा पनि सम्बन्धित निकाय बेखबर रहदै आएको जानकारहरु बताउँछन् । यहि प्रभावका कारण राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन बनाउँने काम थलिएको स्रोतको दाबी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij