बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

उपत्यकाको जमिन भासिने खतरा : जमिनमुनिको पानी निरन्तर घट्दै

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • काठमाडौं  । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएको खबर आजको नयाँ पत्रिकामा छ ।
    भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयाभह अवस्था आउन सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

    समितिका अनुसार कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ वर्षपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ । मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको समत थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । त्यस्तै, पेप्सीकोलामा ०६५ सालमा ३० मिटर मुनी पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनी पुगेको छ । यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिन सक्ने विश्लेषण गरेका छन् ।

    उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको श्रेष्ठले बताए । ‘जमिनमुनीबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वातह खाली भएको भाग भासिन सक्छ, काठमाडौं उपत्यकाको अहिलेको अवस्था यही हो’ उनले भने । भौगोलिक भूवनावट अनुसार जमिनमुनी पानी रिर्चाज हुन्छ । काठमाडौ उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि  समस्या बढेको हो । पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनी पानी थोरै मात्र रिचार्ज हुने गरेको छ । तर, पानी तान्ने क्रम बढिरहेको छ । ‘काठमाडौ उपत्यकामा वार्षिक एक हजार ५ सय मिलिमिटर वर्षा हुन्छ, आकाशको पानी रिचार्ज भई जमिन जाने हो’ श्रेष्ठले भने । विज्ञहरुका अनुसार उपत्यकाबाट हरेक वर्ष ७० लाख घनमिटर पानी साना ठुला ट्यूवबेल, इनारबाट तान्ने गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij