बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सात वर्षअघि सम्झौता गरेको प्रसारण लाइनको काम अझै सुरु भएन

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन ।

    सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

    सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा जिल्लामा निर्माणाधीन आयोजनाका काममा समेत समस्या परेको छ । दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको स्थानीय रामशरण ठकुरीले गुनासो व्यक्त गरे ।

    विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारण लाइन र सिङ्गटीको सवस्टेशनसमेत निर्माण गर्ने रहेको छ ।

    सम्झौताअनुसार सवस्टेसनका लागि रु साढे १७ करोड र प्रसारण लाइनका लागि करिब रु ४२ करोडमा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सवस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन् । समयमा काम पूरा नगरेपछि ठेक्काको म्याद थप गरेपछि भारतीय ठेकेदार कम्पनीसमेत सम्पर्कविहीन हुँदा काम अघि बढ्न नसकेको बताइएको छ ।

    दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युत्कै लागि लक्षित गरी नेपाल विद्युत् प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिङ्गटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १२१ वटा टावर निर्माण गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij