बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

‘गुगल नभई भूगोल’को आधारमा गाउँपालिकाको केन्द्र तोक्न भन्दै ताकमबासी आन्दोलनमा

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • म्याग्दी ।  म्याग्दीमा प्रस्तावित धौलागिरी गाउँपालिको केन्द्र गुगलबाट नभएर भूगोलको आधारमा तोकिनुपर्ने ताकमबासीले माग गरेका छन् । स्थानीय तह पुर्नसंरचना आयोगले धौलागिरी गाउँपालिकाको केन्द्र ताकम कि मुना भन्ने बिकल्पमा गुगलको आधारमा अस्थायी केन्द्रको रुपमा मुनालाई तोकेको भन्दै ताकमबासीले भूगोलको आधारमा गाउँपालिकाको केन्द्र ताकमलाई बनाउन माग गरेका हुन् ।

    धौलागिरी गाउँपालिकामा समाबेश गाविसहरुको भौगोलिक बनावट, सरकारी संरचना, बस्तीविकासको सम्भावना लगायतको आधारमा ताकमलाई केन्द्र बनाईनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय विकास अधिकारी प्रेमराज गिरि मार्फत मन्त्रिपरिषद र स्थानीय विकास मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन् ।

    ताकमका स्थानिय राजनीतिक दल आमासमुह, युवा क्लब, स्थानीय सघंसस्थाका प्रतिनिधिहरुले प्ले कार्ड सहित जिल्ला प्रशासन र जिविस कार्यालयमा दवाब दिएका दिदै ज्ञापन पत्र बुझाएका थिए । आयोगले गुगलको आधारमा गाउपालिकाको केन्द्र तोक्नु गैरजिम्मेवारपन र अव्यवहारिक रहेकाले आफुहरु भुगोलको आधारमा गाउँपालिकाको केन्द्र ताकमलाई तोक्नुपर्ने माग सहित आन्दोलित बनेको ताकमका रिसिराम सुवदीले बताए ।

    धौलागिरी गाउँपालिकाको केन्द्र ताकमलाई बनाउनुपर्ने भन्दै ताकम, मराङ, मल्कवाङ सहित मुदीको चार वटा वडाका स्थानीयले सरोकारवालाहरुलाई दबाब दिएको उनको भनाई छ ।

    ताकम केन्द्र माग गरेका स्थानीयले आफुहरुको माग सम्बोधन भएएसम्म निरन्तर रुपमा दबाब सृजन गर्न आन्दोलन गरिरहेको बताएका छन् । यस म्याग्दीकै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउनुपर्ने भन्दै त्यस क्षेत्रका स्थानीयले समेत आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले समेत आयोगले अबैज्ञानिक तवरले गुगोलको आधारमा अस्थायी केन्द्र तोकेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij