बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बालगोपालेश्वर मन्दिर २ वर्षपछि मात्र तयार हुने

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • पुरातत्व विभागले रानीपोखरी बीचको बालगोपालेश्वर (जमलेश्वर) मन्दिर पुनःनिर्माण गर्ने भएको छ ।
    प्राचीन महत्व बोकेको उक्त सम्पदालाई पुरानो स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी बनाइनेछ ।
    यसअघि काठमाडौँ महानगरपालिकाले रोडा, कङ्क्रिट र सिमेन्टको प्रयोग गरेका कारण विभागले त्यो प्रक्रियालाई स्थगन गरी आफँै बनाउन लागेको हो । विभागले सो मन्दिर पुनःनिर्माणका लागि ठेक्का प्रक्रिया केही दिनमा सुरु गरी दुई महिनाभित्र काम सुरु गर्ने जनाएको छ ।
    विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेले काम सुरु गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए। करिब  एक करोड ४० लाखको लागतमा मन्दिरको निर्माण पूरा गरिनेछ । राजा प्रताप मल्लका पालामा निर्माण गरिएको सो मन्दिर समय समयमा सामान्य मर्मत तथा जीर्णोद्धार गरिए पनि गत वर्षको भूकम्पका कारण ठूलो क्षति भएपछि पुनःनिर्माण गर्न लागिएको हो ।
    रानीपोखरी तथा त्यस वरपरका क्षेत्रका अन्य जीर्णोद्धार तथा मर्मत भने काठमाडौँ महानगरपालिकाले नै गर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij