प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३
सुनसरी । सुनसरी धरानका २६ बर्षिया प्रबिण अग्रबाल आफनो बुवाआमाको रहस्यमय हत्या हुँदा १७ बर्षका मात्रै थिए ।
ईटहरीमा बुवाआमाको हत्या हुँदा उनी अध्ययानकै क्रममा भारतमा थिए । कलिलो उमेरमा बुवाआमा गुमाउँनुको पीडासँगै प्रबिणलाई घरपरिवार सम्हाल्नु पर्ने जिम्मेवारी पनि थपियो ।
घट्नापछि भारतमा २०१२ मा कप्युटर इन्जिनियरिङ सकेर नेपालमै केही गरौ भन्ने सोचका साथ नेपाल आएका प्रबिणले अन्तराष्ट्रियस्तरको बिद्यालय खोल्ने सोच बनाए ।
‘म बुवाआमासँगै भइदिएको भए सायद घटना हुदैन थियो होला, प्रबिणले भने मलाई पढाईका कारणले उहाँहरुबाट टाढा बनाएको थियो’ । उनले भने ‘अब आमाबुबासँग टाढिएर अध्यानको लागी कोही पनि गुणस्तरीय शिक्षा खोज्न बाहिर जानु नपरोस भनेर नेपालमै अन्तरािष्ट्रय स्तरको बिद्यालय खोलेको हु ।’
प्रबिणले केही साथीको सहयोगमा धरान १५ मा ‘केके’ इन्टरनेश्नल नामक बिद्यालय स्थापना गरेका छन् । २०६५ सालबाट शुरु भएको यो विद्यालय स्वदेशमै अन्तराष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्ने उदेश्यले खोलिएको प्रविणको दावी छ । कक्षा ९ सम्म अग्रेजी माध्यमबाट पठनपाठन हुने बिद्यालयको नाम दिवंगत बुवा र आमाको नामकै अल्फाबेट प्रयोग गरि केके इन्टरनेश्नलको नाम राखेको उनले बताए ।
अहिले २६ बर्ष पुगेका प्रविण बिद्यालयका अध्यक्ष पनि हुन । धरानका अन्य बिद्यालय भन्दा केके इनटरनेश्नलले शतप्रतिशत नतिजा निकाल्ने गरेको उनको दावी छ ।
पठनपाठनको अलवा अतिरिक्त कृयाकलपामा पनि विद्यालय उत्तिकै अगाडी छ । बिद्यालयले राष्ट्रपति कपमा सहभागी हुने सबै खेलका खेलाडी उत्पादन गरेको छ । ‘हामीले केही दिनअघि राष्ट्रपति कपमा समेटिने सबै खेलको आयोजना गरेका थियौ, यसले बिद्यार्थीको क्षमता तथा प्रतिभा प्रस्फुटन गर्ने राम्रो आधार तयार गरेको छ, अध्यक्ष अग्रवालको भनाई छ ।
प्रबिणका बुवा कैलाश र आमा कान्तादेवीको ८ बर्ष अघि इटहरीको आफनै हाडवेयर पसलमा हत्या भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij