बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

‘घर बनाउ त पानी छैन, नबनाउ भने बस्ने ठाउँ छैन’

  • प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३



  • कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ। गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको हो। बुद्धिमाया भन्छिन्,’धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घन्टादेखि डेढ घन्टा लाग्छ।’ कारण सिङ्गो गाउँभरिकै एउटा मात्रै धारा छ त्यहाँ।

    ‘हामी गाउँभरिकालागि धारा एउटै मात्र छ, यसमा कस्ले मात्रै थाप्ने ?’ उनले भनिन्, ‘यही कारण घरको एक जनाको काम भनेको खानेपानी ओसार्ने मात्रै हो।’ गाउँभरिका मानिस त्यहीँ धारामा जम्मा हुने भएकाले पालो कुरेर बस्दैमा हैरान हुने उनले सुनाइन्।

    उक्त धारा पनि विद्यालयको हाताभित्र रहेको र त्यही धारा गाउँले सबैले प्रयोग गर्ने भएकाले पनि पानीको थप समस्या भएको स्थानीयवासीको भनाइ छ। भूकम्पका कारण गाउँमा भएको पुरानो पँधेरो सुकेपछि झन् पानीको हाहाकार भएको हो।

    ‘गाउँमा पानी नै छैन, खानेपानी पनि दिनभरी लगाएर बोकेर पुर्‍याउनु छ’ परियारले भनिन्, ‘मान्छेलाई पानी खान त यस्तो समस्या छ, बस्तुभाउलाई पनि मुस्किलले पुर्या‍उँदै आइरहेको अवस्थामा घर कसरी बनाउने?’

    ‘घरमा पुरुषको काम पनि महिलाले नै गर्नुपर्छ,’ परियारले थपिन् ‘गाउँमा काम गर्ने मान्छे पनि पाउन मुस्किल छ, अब घर बनाउन मान्छे खोजेर ठेक्कामा दिनुपर्छ।’

    बुद्धमाया जस्तै अर्का विमला परियारको पनि समस्या एउटै हो। विमला पनि बुद्धिमायासँगै खानेपानी ओसार्छिन्। ‘खानेपानीको अभावका कारण घर बनाउनसक्ने अवस्था छैन’ विमलाले भनिन् ‘जाडो छ, बस्ने घर छैन तर बनाउनलाई पानी पनि छैन, कसरी घर बनाउने ?’

    पानीको अभावका कारण गाउँमा भूकम्पपछिको पुनःनिर्माण गर्न नसकेको स्थानीयवासीको भनाइ छ । पानीको समस्यालाई पूर्ति गर्न अहिले स्थानीय चौरीखोला पाथिभरा लिफ्टिङ तथा खानेपानी सरसफाइ उपभोक्ता समिति गठन गरी काम भइरहेको समितिका अध्यक्ष यादवराज गिरीले जानकार दिए।

    ‘हामीले त्यसको लागि प्रतिघरधुरी रु तीन हजार ५०० का दरले रकम उठाएर काम थालेका छौँं’ गिरीले भने, ‘केही महिनापछि पानीको समस्या थोरै भए पनि सुल्झाउन सकिन्छ भन्नेमा आशावादी छौ।’

    जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रामप्रसाद बरालले भने ‘यहाँ अहिले दुई सय घरधुरीका बासिन्दाले यहीँ एउटा धारको पानी उपभोग गर्नुपर्दा धेरै समस्या खेप्नु परेको छ।’ अब केही समयपछि त्यो समस्याबाट केही भए पनि मुक्त हुने बरालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij