आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिलोपटक भारतको बिजुली काठमाडौं आयो, लोडसेडिङ नहुने निश्चित

  • प्रकाशित मिति : बुधबार, माघ ५, २०७३



  • काठमाडौं । भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सकिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको खबर आजको नयाँ पत्रिकामा छ ।

    ‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्राउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘मंगलबार साँझ ६ बजेर दुई मिनेटमा ढल्केबर–खिम्ती–लामोसाँघु प्रसारण लाइन हुँदै भारतबाट आयातीत २० मेगावाट बिजुली काठमाडौं भित्रिएको छ ।’

    १४ वर्षअघि निर्माण सुरु भएको खिम्ती–ढल्केबर प्रसारण लाइन सोमबारबाट परीक्षण सञ्चालनमा आएको थियो । ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात भइरहेको बिजुली हेडौँडाभन्दा पूर्व मात्रै आपूर्ति गरिएको थियो । प्राधिकरणले अहिले सो प्रसारण लाइनबाट साँझमा दैनिक रूपमा १ सय २० मेगावाटसम्म आयात गरिरहेको छ । भारतबाट दैनिक ३-४ घण्टा ३ सय ४० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

    ६० मेगावाटको खिम्ती विद्युत्गृहको बिजुली खिम्ती–लामोसाँघु हुँदै काठमाडौं भित्रिन्छ । अब भारतबाट आयातीत बिजुली पनि सोही प्रसारण लाइन हुँदै काठमाडौं आउने प्राधिकरणले जनाएको छ । १८ माघपछि १७ जेठसम्ममा प्राधिकरणले दैनिक १ सय ६० मेगावाटसम्म बिजुली भारतबाट ल्याउने छ । एनटिपिसी विद्युत् व्यापार निगमले मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) बिजुली दिनेछ ।

    भारतको बिजुली पनि आएपछि काठमाडौं उपत्यकामा बिजुलीको व्यवस्थापनमा सहज भएको प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकमा बिजुलीको माग करिब ३ सय २५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

    काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित
    भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भएको छ । तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए । उनले भने, ‘अब लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन सक्ने भएका छौँ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij