बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

रोल्पामा १० नयाँ झोलुङ्गेपुल निर्माण सुरु

  • प्रकाशित मिति : बुधबार, माघ ५, २०७३



  • रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।

    यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र ओत–८ जोड्ने गोठीखोला, ओत–५ र तालाबाङ–१ जोड्ने हलङसेरा, सीर्प–७ स्थित सुर्खे खोलामा सुर्केखोला, तालाबाङ–८ र भाबाङ–६ जोड्ने माडीखोलास्थित पीपलबोट ट्रस तथा धबाङ–६ र धबाङ–९ जोड्ने धबाङ ट्रस पुलको नयाँ निर्माण कार्य थालिएको हो ।

    यी पुल झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) अन्तर्गत जिल्ला विकास समितिमार्फत सहयोगी संस्था विकास सरोकार समाज (डिकोस) रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाका सव इन्जिनियर करुणप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार यी सम्पूर्ण पुलको निर्माण कार्य सम्पन्न गर्नका लागि रु एक करोड ८० लाख, ७० हजार विनियोजन गरिएको छ ।

    यसरी पुल निर्माण कार्य सम्पन्न गर्नका लागि स्वापबाट प्राप्त अनुदानअन्तर्गत ९२ प्रतिशत, जिविसको म्याचिङ फण्डबाट चार प्रतिशत, गाविसको म्याचिङ फण्डबाट दुई प्रतिशत र जनश्रमदानबाट दुई प्रतिशत सहयोग हुने सामुदायिक झोलुङ्गे पुल सहयोग कार्यक्रमका असिस्टेन्ट सब इन्जिनियर तिलकराम केसीेले जानकारी दिए ।

    डिकोस रोल्पाका प्राविधिक वसन्त केसीका अनुसार निर्धारित समयमा दशवटै झोलुङ्गे पुल निर्माण हुनसके एक हजार ५०० घरधुरीका करिब ११ हजार जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    उपभोक्ता समिति र जिविस रोल्पाबीच आगामी असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भनी सम्झौता भएको भए पनि निर्माण कम्पनीले समयमै सामग्री उपलब्ध गराउन नसक्दा हालसम्म पनि पीपलबोट ट्रसको काम अगाडि बढ्न सकिरहेको छैन ।

    यसैगरी, धबाङ ट्रसको काम पनि निर्माण स्थलमा पहिरो गएका कारण अगाडि बढ्न सकिरहेको छैन । यस्तै, ब्रह्मथानमा निर्माण स्थलमा स्थानीयवासीका बीचमा विवाद हुँदा काम अगाडि बढ्न सकिरहेको छैन ।

    साथै, गाउँका युवाजति सबै वैदेशिक रोजगारीमा हिँड्न थालेपछि जनशक्तिको अभाव खड्किन थालेको सब इन्जिनियर श्रेष्ठको भनाइ छ । हालसम्म जिल्लामा यी १० वटा नयाँ र अन्य पुराना १६५ वटा गरी अब १७५ वटा झोलुङ्गे पुल सञ्चालनमा रहने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij