बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चर्चित र्‍यापर यम बुद्धको ‘पोस्टमार्टम’ आज बेलायतमा हुँदै

  • प्रकाशित मिति : बुधबार, माघ ५, २०७३



  • पछिल्लो पुस्ताका चर्चित नेपाली र्‍यापर यम बुद्धको ‘पोस्टमार्टम’ आज बेलायतमा हुँदैछ । पारिवारिक श्रोतका अनुसार उनको ‘पोस्टमार्टम’ बुधबार लन्डनस्थित नर्थविक पार्क अस्पतालमा हुँदैछ। उनको मृत शरीरलाई शनिबारदेखि अस्पतालमा ‘पोस्टमार्टम’ का लागि राखिएको थियो । आवश्यक कागजी दस्तावेज पूरा गरेपछि आज उनको ‘पोस्टमार्टम’ हुन लागेको हो।

    यम बुद्धको नामले चर्चित २९ वर्षीय र्‍यापर अनिल अधिकारी गत शनिबार लण्डनको साउथ हयारोस्थित रुइस्लिपमा रहेको आफ्नो अपार्टमेन्टको बाथरुममा बेल्टले झुण्डिएको अवस्थामा भेटिएका थिए ।
    उनी श्रीमतीसँगै विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका थिए । ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदैछु म’, ‘फुटपाथ मेरो घर’, ‘यो प्रसंग’, ‘दिदी’, ‘अन्त्यको सुरुवात’, ‘नाचन’ र ‘आमा’ जस्ता चर्चित गीत गाएका यम युवाहरू माझ निकै लोकप्रिय छन् । उनलाई उनका फ्यानहरूले ‘किङ अफ र्‍यापर’ को उपमा दिएका छन्।

    यम आफ्नो नयाँ एल्बम ‘खतरा’ लिएर आउने तयारीमा थिए । उनले मर्नुभन्दा तीन दिनअघि आफ्नो ट्वीटरमा नयाँ एल्बम ‘खतरा’ लिएर प्रस्तुत हुने जानकारी दिएका थिए । उनको निधनको कारण अहिलेसम्म पत्ता लागेको छैन । परिवारका सदस्यहरू यमको निधनले शोकाकुल छन् । उनीहरू काठमाडौंको मैतीदेवीमा उनको अन्तिम श्रद्धाञ्जलीको लागि कुरेर बसेका छन् । उनको शरीरलाई नेपालमै सतगत गराउने परिवारका सदस्यले जानकारी दिए ।

    ‘आज पोस्टमार्टम भएपछि मात्र केही कुरा थाहा हुनेछ,’‘टेलिफोनमा नर्मल कुरा भइरहेको थियो। एक्कासी यस्तो खबर आउँदा हामी छाँगाबाट खसे झैं भएका छौं।’यमकी आमा उर्मिला र दिदी पनि दुई दिनअघि अस्ट्रेलियाबाट काठमाडौं फर्किसकेका छन् । उनको निधन हुँदा आमा दिदीसँगै अस्ट्रेलियामा थिइन् ।

    गत शुक्रबार आफ्नो काम सकाएर मध्यरातमा सुत्न ओछ्यानमा गएका यम भोलिपल्ट मृत भेटिएका थिए । बिहान ६ बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा यम बाथरुमको झ्यालको फलामे डण्डीमा पेटीले बाँधेर झुण्डिएको अवस्थामा भेटिएका थिए ।

    मोरङको सलकपुर घर भएका यम ६ कक्षादेखि काठमाडौंमा बसेर पढेका थिए । उनको निधनको समाचारले स्तब्ध भएका युवाहरूले अत्याधिक मात्रामा सामाजिक संजालमा संवेदना जनाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij