बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मालपाेत कार्यालय दाङको सुचना

  • प्रकाशित मिति : बिहिबार, माघ ६, २०७३



  • दाङ । मालपाेत कार्यालय घाेराहीले माघ ५ गते देखी रू.३,००,०००(तीन लाख) सम्मकाे मात्र व्यक्तिगत दृष्टि बन्धककाे लिखत सिधै पारित गर्ने र साे रकम भन्दा माथीकाे थैली अंक राखि लिखत अाएमा रिणीकाे बैंक खातामा रकम जम्मा गरेकाे भाैचर प्राप्त भएपछि मात्र लिखत पारित गर्ने गरी सर्वसाधरणकाे हितलार्इ मध्य नजर गरी सूचना प्रकाशित गरेकाे छ ।

    यस अगाडी पारित गरिएका दृष्टि बन्धककाे लिखतमा जति थैली अंक भएतापनी लिखत सिधै पारित गर्ने गरिन्थ्याे । बैंक वा वित्तिय संस्था सम्म पहुँच नभएका व्यक्तिहरूले साहुहरूवाट सिधै कर्जा लिने र अाफ्नो घर जग्गा साहु धनीलार्इ धिताे लेखिदिने कार्यलार्इ व्यक्तिगत दृष्टि बन्धक भनिन्छ ।

    सेवाग्राहीले रू.३,००,०००। मात्र बुझेर १०,००,०००। सम्मकाे लिखत पारित गरी दिएकाे र लिखत पारित गर्ने अधिकारीले साेधपुछ गर्दा पुरै पैसा बुझेकाे छु भन्नु पर्ने बाध्यता भएकाे (रिण नपाउने डरले) गुनासाहरू रिणी स्वयं बाट अाउन थालेपछि त्यस्ता सेवाग्राहीकाे हितलार्इ ध्यान दिंदै मालपाेत कार्यालयले याे सूचना प्रकाशित गर्नु परेकाे हाे ।

    त्यसैगरी एकजना सेवाग्राहीले रू.१,००,०००। रिण लिंदा कमिशन र व्याज समेत कटार्इ रू.५४,०००। मात्र बुझेकाे तर लिखत चाहीं रू.२,००,०००। काे गर्नु परेकाे, यसरी कम रकम बुझेर बढी रकमकाे लिखत पारित गर्दा राजश्व समेत बढी तिर्नु पर्ने र भविश्यमा समेत ठूलाे जाेखिम हुने खतरा रहेकाे गुनासाे गर्नु भयाे ।

    याे सूचना प्रकासित भएपछि केहि सेवाग्राही अाज काम नगरार्इ फर्कनु भएकाे मालपोत कार्यालय घोराहीका अधिकृत नरेश खड्काले बताउनुभयो 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij